संसदीय सुनुवाई,अनुमोदन,शपथदेखि पदभार एकै दिन

नेपालको न्याय क्षेत्रमा नौलो रेकर्ड कायम भएको छ । एकै दिन संसदीय सुनुवाई सकेर सो सुनुवाईले नाम अनुमोदन गर्दै राष्ट्रपतिद्धारा शपथ ग्रहण गर्ने र पदभार ग्रहणको काम एकै दिनमा द्रुतगतिमा सम्पन्न हुँदैछ ।  सर्वोच्च अदालतका न्यायाधीश डा मनोज कुमार शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन भएको हो । आजै उनको शपथ ग्रहण हुँदैछ भने बेलुका रामशाहपथमा पुगेर प्रधानन्यायधीशको पदभार ग्रहण गर्दैछन् ।

बिज्ञापन

संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकमा शर्माका बिषयमा उठेका विभिन्न १६ वटा उजुरी उपर सुनुवाई भएको थियो । उजुरीकर्ताहरुले एनसेललाई जरिवाना छुट दिएको, उनी पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन् । सोही कारण उजुरीकर्ताहरुले उनीमाथि नेपोबेबीको आरोप समेत लगाएका थिए ।  पीएचडी थेसिसमा बौद्धिक चोरी र ७० लाखको लेनदेन लगायत,न्यायधीशमा नियुक्ति लगतै बल्खु दरबारमा पुगेको लगायतका बिषयमा उजुरी परेका थिए । ती उजुरीको सुनुवाई पनि न्यायपरिषद्को बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको हो । मंगलबार नै संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको थियो । उनले त्यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

बिज्ञापन

अब समितिले प्रधानन्यायाधीशका लागि उनको नाम अनुमोदन गर्ने निर्णय भएको बारे राष्ट्रपतिलाई लिखित जानकारी गराउनेछ । प्रधानन्यायाधीशमा सिफारिस डा मनोजकुमार शर्माको शपथ साँझ ६ बजे हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष साँझ ६ बजे नै शपथ लिएपछि शर्माले आजै प्रधानन्यायाधीशमा पदभार ग्रहण कार्यक्रम रहेको सर्वाेच्च प्रशासनले जनाएको छ ।६ वैशाख २०७६ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्त भएका शर्मा काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुने विश्वविद्यालयबाट व्यापार तथा संवैधानिक कानुनमा एलएलएम गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालको श्रम कानुनको सन्दर्भमा संगठन स्वतन्त्रता’ मा विद्यावारिधि पनि प्राप्त गरेका छन् । जेठ २०७० देखि मंसिर २०७२ सम्म उनी पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीश थिए । शर्मा जेठ २०७० देखि भदौ २०७१ सम्म बुटवलमा र असोज २०७१ देखि मंसिर २०७२ सम्म पाटनमा अतिरिक्त न्यायाधीश थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

बिशेष