प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी सिफारिस

संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीको नाम नियुक्तिका लागि सिफारिस गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले अधिकारीलाई नियुक्ति गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।

बिज्ञापन

संखुवासभाका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर, दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् । उनीसँग निजामती सेवामा २४ वर्ष लामो कार्य अनुभव रहेको छ। उनी उपसचिव पदबाट अवकाश पाएका कर्मचारी हुन ।

बिज्ञापन

अधिकारीले ग्रामीण विकासमा स्नातकोत्तर गर्नुका साथै दक्षिण कोरियास्थित प्रसिद्ध क्युङ ही विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सहायता विषयमा समेत स्नातकोत्तर तहको उपाधि हासिल गरेका छन्। सभामुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले आफ्नो कार्यभार सम्हाल्न छन्। प्रतिनिधिसभाको सचिव पद नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव सरह) को सेवा सुविधा पाउने गरिमामय पद हो।

यसअघिका सचिव हर्कराज राई मंगलबार पदमुक्त भएका थिए ।संविधानअनुसार सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव राष्ट्रपतिले नियुक्त गर्छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय मन्त्रालयको संख्या १७ बनाइयो,यी मन्त्रालय हुँदैछन् खारेज

यस्ता छन मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी सिफारिस

प्रधानमन्त्री बालेनले संसदमा जबाफ नदिने,जुधाए मन्त्रिपरिषद्को बैठक

पक्राउ परे नेपाल इन्भेस्टमेन्ट बैंकका सीईओ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री वाग्लेले दिँदै

बीवाइडी आयातमा ठूलो कर छली आशंका: ‘१०० किलोवाटभन्दा कम’ देखाएर अर्बौँ राजश्व छलि

बिशेष