मन्त्रीलाई नै अप्ठ्यारोमा पार्दै सिग्देल, बोहरा र पाण्डेय

सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयमा सचिव गोपाल सिग्देल, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहरा तथा मन्त्री सुनिल लम्सालका विज्ञ सल्लाहकार भनेर चिनिएका सन्तोष पाण्डेवीचको अनौठो साँठगाँठले मन्त्री सुनिल लम्साल नै विवादमा पर्दैछन् ।

बिज्ञापन

पाण्डे र सिग्देलवीच टयुनिङ मिलाउने काम बोहरालले गरेका छन् । त्यसैले सिग्देललाई पुरस्कृत गरिँदै इतिहामै एकै व्यक्तिलाई दुई दुई वटा मन्त्रालयको एउटै सचिव हुने मौका पाएका छन् । भौतिक पूवार्धारका तत्कालिन सचिव केशव शर्मा अनिवार्य अवकाशमा गए पछि रिक्त ठाउँमा नियम अनुसार वरिष्ठ सहसचिवको हैसियतले बलराम रिज्याल निमित्ति सचिव हुनुु पर्दथ्यो । तर पाण्डेयको जोडबलमा सिग्देलले अहिले पनि दुई वटा मन्त्रालयको सचिव चलाइरहेका छन् । स्रोत भन्छ, मुख्य सचिवले नियम रिज्याललाई निमित्त सचिव बनाउन मन्त्री लम्साललाई सुझाव दिएका थिए । तर लम्साल सिग्देलले पक्षमा अडिग भए ।

बिज्ञापन

अहिले पनि सबै मन्त्रालयहरुमा सचिवहरु विदेश भ्रमणको गएका बेला सम्बन्धित मन्त्रालयका वरिष्ठ सहसचिवलाई निमित्त सचिवको जिम्मेवारी दिने गरिएको छ । शर्मा विदेश गएको बेला रिज्यालले पटक पटक निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । मन्त्रिपरिषद्ले निर्णय नगरेसम्म भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय अलग अलग मन्त्रालय हुन । त्यसैले रिज्याललाई निमित्त सचिवको जिम्मेवारी दिनु पर्ने सुझाव मुख्य सचिवले मन्त्रीलाई दिएका थिए । तर मन्त्री लम्साल उल्टै रिसाएनन् मात्र पिता समानका मुख्य सचिवसँग मुखामुखै परेको स्रोतले जनाएको हो ।

उसो त जेनजी सरकारका तत्कालिन सहरी विकासमन्त्री कुमार इङनामले बोहरालाई हटाउन खोजेका थिए । संसद भवन समयमा सम्पन्न गर्न नसकेको,ठेकेदारलाई पोसेको,त्यहाँबाट अनुभचित लाभ लिएको इङनामको बुझाइ थियो । ठेकेदारसँग महानिर्देशक बोहराको राम्रो उठबस र समयमा संसद भवन नबने पछि नियम अनुसार ठेकेदार कम्पनीलाई दैनिक हर्जाना लगाउनु पर्ने थियो । दैनिक हर्जाना लगाउने फायल भवन विभागमा तयार भएको थियो तर बोहराले ठेकेदारसँग मिलोमितो गरी दैनिक हर्जाना लगाउने फायल रद्द गरी त्यसको ठाउँमा नयाँ फायल बनाउन लगाएको शहरी स्रोतले जनाएको छ । यो कुरा बुझेका इङनामले बोहरालाई हटाउन खोजेका थिए तर सचिव सिग्देलले बोहराको पक्षमा अडिग भएर उभिए । स्रोतका अनुसार,यसमा सचिव र महानिर्देशकबीच शूभ लाभ आदन प्रदान भएको थियो । त्यही गुन अहिले बोहराले सिग्देललाई तिरेका हुन । दुई वटा मन्त्रालयको एउटै सचिव हुने वातावरण बोहराले नै तयार गरेका हुन–स्रोत भन्छ । पछिल्लो समय शहरीका विज्ञ सल्लाहकारका रुपमा सन्तोष पाण्डे भित्रिएका छन् ।

बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद र मन्त्रीहरुलाई विचौलियाको एक कप चिया पनि नखान निर्देशन दिएको छ तर सोही पार्टीका आडमा मन्त्रीका सल्लाहकार र स्वकीय नियुक्त भएकाहरुले नै विचौलियाको काम गर्न थालेका छन् । जस्तो सोही पार्टीका नाममा कर्मचारी बृत्तमा अनिल बानियाँको चकचकी छ । उनै बानियाँ यस अघि वन तथा शहरी मन्त्री माधव चौलागाईको सचिवालयमा थिए । रोचक चाहिँ ६ महिने मन्त्रीबाट निस्के लगतै अहिले चौलागाईले काठमाडौं उपत्याकामा करोडौं लगानीमा घर बनाइरहेका छन् । भौतिकबाट मन्त्रालयबाट तलब खाने गरी त्यहाँ सन्तोष पाण्डेलाई विज्ञको रुपमा नियुक्ति गरिएका छ । रुपन्देही घर भएका अर्घाखाँचीबाट झरेका उनै पाण्डे नै शहरी र भौतिकको कर्मचारी सरुवा,नियुक्तिमा हावी हुने गरेको जानकारहरु बताउँछन् । पछिल्लो समय केही कार्यविधि निर्माण,मापदण्ड निर्माणमा समेत उनै मन्त्रीका सल्लाहकार हाबी हुने गरेको शहरी स्रोतले जनाएको छ । त्यसको उदाहरण काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख विकास आयुक्तको नियुक्तिसम्बन्धी मापदण्डमा भएको छेडखानीबाट झल्किन्छ । यस अघि भाइकाजी तिवारीले कमाण्ड गरेको सो कार्यालयको एक कार्यकाल चलाएर जानुका ढकाल बिदा भइसकेकी छिन् । उनको ठाउँमा आफ्ना मान्छे लैजान सन्तोषहरुकै जोडबलमा सचिव गोपाल सिग्देलले मापदण्ड छेडखानी गराएको चर्चा शहरी मन्त्रालयमा सुन्न थालिएको छ । जसरी यस अघि रमेश सिंह सचिव हुँदा पहिल्यै पात्र तयार पारेर जानुका ढकाललाई प्रमुख विकास आयुक्त नियुक्त गरेकै शैलीमा अहिले सचिव गोपाल सिग्देल र सन्तोष पाण्डेहरुको टिममा विज्ञापनमा नयाँ प्रावधान घुसाइएको शहरीका कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीलाई नै अप्ठ्यारोमा पार्दै सिग्देल, बोहरा र पाण्डेय

तत्कालीन गृहमन्त्री र गृहसचिवको भ्रष्टाचारको फाइल बन्द,मुद्धा नचल्ने

निजामती सेवाको नयाँ बहस : अधिकार, असुरक्षा र आधिकारिक ट्रेडयूनियनको खोजी

तीन महिनाको काज, तीन वर्षदेखि डा. पोखरेलको ‘राज’

वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह’ मनाइने

राष्ट्रिय प्रकृति संरक्षण कोषमा अनुगमन, महत्वपूर्ण कागजात नियन्त्रणमा

नेपाललाई शान्ति क्षेत्र घोषणा गरौं : रवि किरण हमाल

अब मूल्यसूची अनिवार्य, ठगी गर्ने व्यापारीमाथि कडा कारबाही

बिशेष