नासुदेखि पूर्व प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन हुँदै

सरकारले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगको कार्यशर्त परिमार्जन गरेर क्षेत्राधिकार थप फराकिलो बनाएको छ । आज प्रकाशित संशोधित सूचनाअनुसार आयोगले निजामती सेवाको नायब सुब्बादेखि बहालवाला न्यायाधीश र नेपाली सेनाका अधिकारीहरुको समेत सम्पत्ति छानबिन गर्न पाउने छ । आयोगले स्थानीय तहका प्रमुख/उपप्रमुखदेखि प्रधानमन्त्रीसम्म सबै पूर्वपदाधिकारी,सदस्य तथा सहसचिव र त्यसमाथिका सबै तहका कर्मचारीलाई जाँचबुझको दायरामा ल्याउने भएको हो ।

बिज्ञापन

नयाँ प्रावधानअनुसार आयोगले कार्यालय प्रमुख भएर काम गरेका नायब सुब्बा वा सोसरहका कर्मचारीको सम्पत्ति केलाउनेछ । कार्यालय प्रमुखका रुपमा काम गरेका कर्मचारीहरूको हकमा उपसचिवसम्मलाई पनि जाँचबुझ दयरामा ल्याइने भएको हो । यसअघि निजामती सेवा मात्र भनिएकोमा संसद, स्वास्थ्य, मानव अधिकार सेवालाई पनि समेटिएको छ । बहालवाला न्यायाधीश र नेपाली सेनाका अधिकारीहरुमाथि छानबिन गर्ने विशेष अधिकार आयोगलाई दिइएको छ । यस्तै,संवैधानिक निकायमा काम गरेका पूर्वपदाधिकारीको हकमा बर्खास्त वा पदबाट हटाइएको हकमा उनीहरू पनि जाँचबुझमा तानिने भएका हुन् ।

बिज्ञापन

आयोगले सार्वजनिक सूचना जारी गरी उजुरी आह्वान गर्ने अधिकार पनि पाएको छ । सरकारले गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली र चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्वडिआईजी गणेश केसी, चार्टर्ड एकाउण्टेण्ट प्रकाश लम्साल सदस्य छन् ।

अध्यक्षलाई राज्यमन्त्री र सदस्यलाई सहायक मन्त्रीसरह सेवासुविधा दिइनेछ । कुनै पदाधिकारीमाथिको अनुसन्धान शुरु गरेको ४५ दिनभित्र आयोगले कार्यसम्पन्न गर्नुपर्छ । आयोगको प्रतिवेदन मुख्यसचिवमार्फत सरकारसमक्ष पेश गर्ने र आयोग विघटन भएपछि सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउनुपर्ने व्यवस्था छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

बिशेष