कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

नेपाली कांग्रेसले बासना थापालाई संसदीय दलको प्रमुख सचेतक बनाएको छ। सोमबार बसेको संसदीय दलको बैठकले थापालाई प्रमुख सचेतक चयन गरेको हो।बासना दैलेख क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद हुन् । देशभर कांग्रेस, एमाले, माओवादीलगायत पुराना दल बढारिँदा कर्णाली प्रदेशको दैलेख जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन वासना ।

बिज्ञापन

पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित एक्लो महिला जनप्रतिनिधि हुन् । अघिल्लो पटक उपमेयरमा पराजित उनी यसपटक वामपन्थीहरूको किल्ला भत्काउँदै दैलेख–१ बाट १२ हजार ३७२ मतसहित संसद्मा आएकी छन् । हजुरबुवा नरबहादुर २०१५ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए । त्यही राजनीतिक विरासतले ०५७ सालमा नेविसंघबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी थापा ०६१ सालमा कांग्रेसको क्रियाशील सदस्य र १३ औं महाधिवेशनमा प्रतिनिधि भइन्, १४ औँ महाधिवेशनमा शेखर–गगन समूहको तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिइन् । सबैथोक खानु तर हरेश नखानु भनेझैं राजनीतिक र सामाजिक यात्रालाई निरन्तरता दिइरहँदा खडेरी याममा समेत कांग्रेसको झण्डा फहराउन सफल भइन् । उनी नेपाली सिने जगतकी लोकप्रिय नायिका विपना थापाकी बहिनी हुन् । यस्तै, निश्कल राईले सचेतकको जिम्मेवारी पाएका छन्। निश्कल इलाम–१ बाट निर्वाचित हुन्।

बिज्ञापन

आजै बसेको संसदीय दलको बैठकले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता चयन गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

शाखा अधिकृत हुँदा कसुर, सहसचिव छँदा मुद्दा

विज्ञापनको दस्तुर फिर्ता गर्ने प्रधानमन्त्री कार्यालयको परिपत्र

ब्याकडेट राखेर राजपत्रमा प्रकाशन भयो समता कर शुल्क खारेजको निर्णय

बिशेष