को बन्दैछन्,नयाँ गृहमन्त्री ?

हरेक पटक सरकार गठन हुँदा मन्त्री बन्न सबैभन्दा रस्साकस्सी चल्ने मन्त्रालय हो– गृह मन्त्रालय। गृह मन्त्रालय जान जति तागत चाहिन्छ, बेदाग फर्किन पनि उत्ति नै मुस्किल पर्ने गरेको छ।
४७ साल यता ३१ जना गृहमन्त्री बने,तिमध्ये अधिकांश विवादै विवादमा मुछिएरु घर गएका छन् । यस्कै पछिल्लो उदाहरण हो गृहमन्त्री सुधन गुरुङको,जो मनत्री बनेको २६ दिनमै राजीनामा दिएर हिडेका छन् । विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै गुरुङले बुधवार नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका थिए । प्रधानमन्त्री बालेन शाहको मन्त्रिमण्डलमा उनी चैत १३ गृहमन्त्री बनेका थिए ।
गृहमन्त्री बनेसँगै हरेक भ्रष्टाचारीको घरबाट एक–एक रुपैयाँ निकाल्छु, तिनीहरूलाई तान्छु, ल्याउँछु, देखाउँछु  भन्दै आएका उनी आफैं छानबिनको दायरामा परेका छन् । सम्पत्ति शुद्धीकरणमा दीपक भट्टसँगको कारोवारमात्र होइन धनकुटामा खरिद गरिएको २० औं रोपनी जग्गा र मन्त्री बनेपछि लिइएको ५० औं लाखको शेयरले समेत गृहमन्त्रीमाथि अनेकन प्रश्नहरु उठेका छन् । उनको राजीनामा सँगै अब नयाँ गृहमन्त्री को बन्ला भन्ने चर्चा सुरु भइसकेको छ ।

बिज्ञापन

अहिले तत्कालका लागि गृहको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन शाहले आफैसँग राख्ने निर्णय गरेका छन् । गुरुङले राजीनामा दिएपछि पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी, यस अघि उद्योग मन्त्रीको रुपमा अगाडि बढाइएका र उद्योग लिन अस्वीकार गरेका अमरेश कुमार सिंह,रवि लामिछाने निकका दीपक बोहरादेखि पार्टीका प्रवक्ता मनिष झासम्मको नाम चर्चामा छ । यस्तै पूर्वएआईजीपी विश्वराज पोखरेल र कुलमानलाई हराएका राजुनाथ पाण्डे पनि गृहका दावेदारका रुपमा हेरिएको छ ।

बिज्ञापन

बुर्लाकोटी गत निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए । गृहमन्त्रीका सचिवालय सदस्य दीपक बोहराले पनि दाबी गरेको बुझिएको छ । बोहोरा सभापति रविको विश्वासपात्र हुन् । उनी कञ्चनपुर–२ बाट निर्वाचित भएका थिए । झा अघिल्लो संसद्मा समानुपातिक सांसद थिए । गत निर्वाचनमा उनी धनुषा–३ बाट निर्वाचित भएका थिए । नेपाल प्रहरीका पूर्वएआईजीपी विश्वराज ओखलढुङ्गाबाट निर्वाचित उनी पार्टीमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र दुवैका विश्वासिला मानिन्छन् । त्यसैले पनि उनको दाबीलाई बलियो रूपमा हेरिएको छ ।

उता बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर हुँदा प्रहरी प्रमुख बनेका पाण्डे विश्वासिला पात्र हुन् ।यस्तै अमरेश कुमार सिंहको नाम पनि चर्चामा छ । तर प्रधानमन्त्री वालेन्द्र शाहले भने आफ्ना महानगरको मेयर हुँदादेखिका मुख्य सल्लाहकार रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई नयाँ गृहमन्त्री बनाउने चर्चा भइरहेको छ ।प्रधानमन्त्री वालेन शाहले शुरुमै उनै सुनिललाई गृहमन्त्री बनाउन चाहेका थिए तर आफ्नो दक्षता र क्षमता गृह प्रशासनमा नभएको भन्दै उनी पन्छिएका थिए । त्यही पछि सुदन गृह मन्त्रालय सम्हाल्ने अवसर मिलेको थियो । रास्वपा निकट स्रोतका अनुसार यस अघि अघोषित उद्योग मन्त्रालय चलाएका सुशान्त बैदिकलाई भौतिक मन्त्री बनाएर सुनिललाई गृह मन्त्रालयमा लैजाने तयारी भइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

बिशेष