शक्तिशाली मन्त्रीलाई बारम्बार विवादमा तान्ने गृह मन्त्रालय

शक्तिशाली मानिने गृहमन्त्रीको कुर्सीमा जो जो पुगेका छन् । अधिकांश विवाद र बदनामीमा मुछिएका छन् । तिनैमध्येका पछिल्ला गृहमन्त्री हुन सुदन गुरुङ जो मन्त्री नियुक्त भएको २७ दिनमै गृहमन्त्रीबाट राजीनामा दिएर बाहिरिएका छन् । शेयर लगानी प्रकरणमा मुछिएपछि बालेन साह नेतृत्वको सरकार गत चैत १३ गते गठन भएकोमा गुरुङ गृहमन्त्री नियुक्त भएको २७ दिनमै राजीनामा दिएर बाहिरिएका हुन् ।

बिज्ञापन

गुरुङसहित २०४६ सालदेखि अहिलेसम्म ३८ वर्षको अवधिमा ३१ जना गृहमन्त्री बने तिमध्ये अधिकांश विवाद र बदनामीमै मुछिएका छन् अधिकांश । चाहे खुमबहादुर खड्का हुन वा गोविन्दराज जोशी,विजय कुमार गच्छदारदेखि सरकार परिवर्तन भए पिच्छे मुद्धा खेपिरहेका कृष्णबहादुर महरा,बालकृष्ण खाँण,रमेश लेखक,टोपबहादुर रायमाझी हुन वा पूर्व गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछानेदेखि हालका गृहमन्त्री सुदन गुरुङसम्म अधिकांश विवादै विवादमा फसेको देखिन्छ । हालसम्म केपी शर्मा ओली,खुमबहादुर खड्का,वामदेव गौतम,बुद्धिमान तामाङ,पूर्ण बहादुर खड्का,रामचन्द्र पौडेल,कृष्ण सिटौला,भिम रावल,शक्ति बस्नेत,विमलेन्द्र निधि,कृष्णबहादुर महरा,जनार्दन शर्मा,रामबहादुर थापा बादल,बालकृष्ण खाँण हुँदै रवि लामिछाने,रमेश लेखक,ओमप्रकाश अर्याल हुँदै सुदन गृहमन्त्रीको कुर्सीमा पुगेका थिए ।

बिज्ञापन

जसमध्ये खुमबहादुर खड्का अकुत आर्जनको मुद्धामा मुछिए । सरकारले उनको नाममा रहेको सम्पत्ति जफत गर्ने तयारी गरिरहेको छ । उनीझैं गोविन्दराज जोशी पनि यस्तै अकुत आर्जनमा डामिएका पूर्व मन्त्री हुन । ०४६ सालपछिका ६ गृहमन्त्रीले त जेलको बास नै बस्नुपर्‍यो । पूर्वगृहमन्त्रीहरू बालकृष्ण खाँण, खुमबहादुर खड्का र गोविन्दराज जोशीले विभिन्न मुद्दामा जेल गएका थिए । टोपबहादुर रायमाझी अहिले पनि कारागारमै छन् भने बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमै परेर थुनामुक्त भएका हुन । यस्तै हरेक सरकार परिवर्तन भएपिच्छे सुनकाण्डको मुद्धा चलाइनेमा पर्दछन्,कष्णबहादुर महरा,०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो । उही प्रकरण उनी पक्राउ पनि परे । सुन काण्डमा उनकै छोराहरूको सम्लग्नता छ । उनीविवाद मुछिएर पटक–पटक जेल पुगिसकेका छन् । यस्तै पटक पटक मन्त्री बनेर रेकर्ड राख्न सफल विजयकुमार गच्छदारको कार्याकाल पनि सुखद रहेन । बाबुराम प्रधानमन्त्री हुँदा गच्छदार २०६८ भदौ १२ गतेदेखि २०६९ फागुन ३० गतेसम्म गृहमन्त्री भएका थिए । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा लागेपछि उनी राजनीतिमा ओझेलमा परेका छन् ।

यस्तै,बालकृष्ण खाँण नक्कली भुटानी शरणनार्थी प्रकरणमा जेलमा पुगे पनि धरौटीमा छुटेका छन् । पाटन उच्च अदालतले १५ लाख धरौटीमा उनलाई छोडेको हो । अर्का पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित अझै जेलमा नै छन् । यस्तै छोटो समय गृहमन्त्री बन्ने तेस्रो चौथो व्यक्ति हुन्, रास्वपाका सभापति एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने । उनी पनि २०७९ सालको प्रतिनिधि सभा निर्वाचन लगत्तै गठन भएको तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वकै सरकारको पालामा ३२ दिन गृहमन्त्री बनेर बाहिरिएका थिए । गृहमन्त्री बनेपछि लामिछानेको नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले नेपाली नागरिकता नै रद्द गरेपछि पदमुक्त भएका थिए । उनी २०७९ पुस ११ देखि माघ १३ गतेसम्म मात्रै गृहमन्त्री बनेका थिए । नागरिकता नै रद्द भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नयाँ नागरिकता लिएर पुनः उपनिर्वाचनमा जित हासिल गरेर सांसद निर्वाचित भए र २०८० फागुन २३ देखि २०८१ साउन ३० सम्म गरेर ४ महिना उपप्रधान एवम् गृहमन्त्री बनेका थिए । दुई कार्यकाल गरेर उनी करिब ५ महिना उपप्रधान एवम् गृहमन्त्री बनेका हुन् ।

बिज्ञापन

रमेश लेखक अनेकन विवादमा मुछिए । काँग्रेस भित्रका कानुनका ज्ञाता मानिएका उनी भिजिट भिसा प्रकरणमा मुछिएका उनी भदौं २३ को जेनजी विद्रोह पछि राजीनामा दिएर बाहिरिएका मन्त्री हुन ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शक्तिशाली मन्त्रीलाई बारम्बार विवादमा तान्ने गृह मन्त्रालय

शाखा अधिकृत,लेखापाल,कार्यालय सहायक सहित आठविरुद्ध भ्रष्टाचार मुद्धा

तीन इन्जिनियरहरुको सरुवा

गृहमन्त्री गुरुङले दिए राजीनामा

एकै पटक पाँच सचिव रिक्त,बढुवा अनिश्चित हुँदा मारमा बरिष्ठ सहसचिवहरु

कसरी तयार पार्ने कर्मचारीको कार्यसम्पादन सूचक ?

लुम्बिनी अस्पतालको प्रमुखमा डा गौतम

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा पहिलो पटक अन्तराष्ट्रिय समर स्कुल संचालन

बिशेष