गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री नियुक्त भएको २५ दिनमै गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । गत १३ चैत्रमा प्रधानमन्त्री वालेन शाहसँगै मन्त्री नियुक्त भएका गुरुङले पद सम्हालेको २५ दिनमै गृहबाट बाहिरिएका हुन ।

बिज्ञापन

 मन्त्री गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन्।विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह लाई राजीनामा बुझाएका हुन् । रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका हुन् ।

बिज्ञापन

उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । नागरिकस्तरबाट आफ्नो सेयर लगायतका विषयमा उठेका जनचासोलाई गम्भीररुपमा लिएको उनले बताएका छन् । आफूसँग सम्वन्धित विषयमा निष्पक्ष छानविन होस र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस भनेर राजीनामा दिएको उनको भनाइ छ ।

उनले लेखेका छन्,मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

बिशेष