प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

काठमाडौं । सिंहदरबारभित्र वर्षौँदेखि जरा गाडेर बसिरहेका कर्मचारीहरूको विषय फेरि एकपटक बहसको केन्द्रमा आएको छ। प्रधानमन्त्री बालेन शाह (बालेन्द्र शाह) ले लामो समयदेखि एउटै कार्यालयमा बसिरहेका कर्मचारीहरूको विस्तृत विवरण मागेपछि संघीय प्रशासनभित्र लुकेको “रैथाने कर्मचारी”को संरचना सार्वजनिक हुन थालेको हो।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको विवरण अनुसार काठमाडौँ उपत्यकाभित्र पाँच वर्षभन्दा बढी समयदेखि विभिन्न मन्त्रालय र कार्यालयमा बसिरहेका ४ हजार ४ सय ७५ कर्मचारीको तथ्यांक संकलन गरिएको छ। त्यस्तै सिंहदरबारभित्र मात्रै दुई वर्षभन्दा बढी समयदेखि कार्यरत १ हजार ९ सय ३५ कर्मचारीको विवरण पनि प्रधानमन्त्री कार्यालयमा पुगेको स्रोतले जनाएको छ। प्रशासनिक व्यवस्था अनुसार कुनै पनि कर्मचारीलाई एउटै कार्यालयमा लामो समय राख्न नहुने, सामान्यतः दुई वर्षपछि सरुवा गरिनुपर्ने व्यवस्था भए पनि व्यवहारमा भने यसलाई बेवास्ता गरिएको देखिएको छ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै उदाहरणले यो समस्या झनै प्रस्ट देखाउँछ। कार्यालयमा सचिवदेखि खरिदार तहसम्मका कर्मचारीहरू वर्षौँदेखि त्यहीँ कार्यरत रहेको तथ्य बाहिर आएको छ। नेपाल सरकारका सचिव खगेन्द्रप्रसाद नेपाल चार वर्षदेखि प्रधानमन्त्री कार्यालयमै कार्यरत छन्। सहसचिव शिवदेवी दाहाल पाँच वर्षदेखि सोही कार्यालयमा कार्यरत छन्। उपसचिव विष्णुप्रसाद सुवेदी चार वर्षदेखि कार्यरत छन् भने उपसचिव प्रमिला आचार्य छ वर्षदेखि त्यहीँ कार्यरत रहेको विवरणमा उल्लेख छ।

वरिष्ठ बागवानी विकास अधिकृत राकेश कुमार पूजा पाँच वर्षदेखि प्रधानमन्त्री कार्यालयमा कार्यरत छन् भने गोविन्दराज जोशी तीन वर्षदेखि सोही कार्यालयमा छन्। उपसचिव कमल पौडेल दुई वर्षदेखि त्यहीँ कार्यरत छन् भने तुलाराज सुनार दुई वर्षभन्दा बढी समयदेखि प्रधानमन्त्री कार्यालयमै कार्यरत छन्। प्रदीप श्रेष्ठ उपसचिव छ वर्षभन्दा बढी समयदेखि त्यहीँ कार्यरत छन्। न्याय सेवा समूहका उपसचिव राजु प्रसाद गुरागाईं दुई वर्षदेखि सोही कार्यालयमा छन् भने उपसचिव रेखा पाण्डे केसी पनि दुई वर्षदेखि त्यहीँ कार्यरत छन्।

बिज्ञापन

शाखा अधिकृत तहमा पनि लामो बसाइँ भएका कर्मचारीहरूको संख्या कम छैन। न्याय सेवा समूहका शाखा अधिकृत विजय नेपाल दुई वर्षभन्दा बढी समयदेखि प्रधानमन्त्री कार्यालयमै छन्। शाखा अधिकृत मिलेन्द्रलाल योङहाङ पाँच वर्षभन्दा बढी समयदेखि सोही कार्यालयमा कार्यरत छन्। मोतिराम भुसाल चार वर्षभन्दा बढी समयदेखि त्यहीँ छन् भने शेखर आचार्य तीन वर्षभन्दा बढी समयदेखि कार्यरत छन्। अभिषेक झा दुई वर्षभन्दा बढी समयदेखि प्रधानमन्त्री कार्यालयमा छन्। ताराप्रसाद ओली चार वर्षभन्दा बढी समयदेखि त्यहीँ कार्यरत छन्।

संघीय संसद सेवाका अधिकृत सन्जु दाहाल शाह चार वर्षभन्दा बढी समयदेखि प्रधानमन्त्री कार्यालयमै कार्यरत छन्। पुस्तकालय अधिकृत शिवकुमार श्रेष्ठ तीन वर्षभन्दा बढी समयदेखि त्यहीँ छन्। कम्प्युटर इन्जिनियर विनय सुवेदी भने छ वर्षभन्दा बढी समयदेखि प्रधानमन्त्री कार्यालयमै कार्यरत छन्। शाखा अधिकृत लोकप्रसाद फागो पाँच वर्षभन्दा बढी समयदेखि त्यहीँ छन् भने उद्धव पन्थी चार वर्षभन्दा बढी समयदेखि कार्यरत छन्। कुलप्रसाद भट्टराई पाँच वर्षभन्दा बढी समयदेखि सोही कार्यालयमा कार्यरत छन्।

कम्प्युटर इन्जिनियर सतिश सुवेदी तीन वर्षभन्दा बढी समयदेखि प्रधानमन्त्री कार्यालयमा छन्। शाखा अधिकृत पानुभक्त बराल छ वर्षभन्दा बढी समयदेखि त्यहीँ कार्यरत छन्। शाखा अधिकृत सुमन शर्मा दुई वर्षभन्दा बढी समयदेखि सोही कार्यालयमा छन् भने जनकराज पन्थी पनि दुई वर्षभन्दा बढी समयदेखि त्यहीँ कार्यरत छन्। शाखा अधिकृत जयराम पन्जियार तीन वर्षदेखि प्रधानमन्त्री कार्यालयमै छन्।

छविकार शालिग्राम कोइराला भने छ वर्षदेखि प्रधानमन्त्री कार्यालयमै कार्यरत छन्। अधिकृत चुडामणि बस्याल तीन वर्षभन्दा बढी समयदेखि सोही कार्यालयमा छन्। खरिदार झलकनाथ नेपाल पाँच वर्षभन्दा बढी समयदेखि त्यहीँ छन्।

सहायक तहमा भने अझै लामो समयदेखि बसिरहेका कर्मचारीहरू भेटिएका छन्। कम्प्युटर अपरेटर अलगमान शाक्य १३ वर्षदेखि प्रधानमन्त्री कार्यालयमै कार्यरत छन्, जुन सिंहदरबारभित्रको सबैभन्दा लामो बसाइँमध्ये एक मानिन्छ। यमुना खुलाल पाँच वर्षदेखि त्यहीँ छन् भने फुलथुङ्गा रेग्मी चार वर्षदेखि कार्यरत छन्। सब–इन्जिनियर महेशचन्द्र गिरी सात वर्षदेखि प्रधानमन्त्री कार्यालयमै छन्।

कम्प्युटर अपरेटर मधु अर्याल चार वर्षदेखि त्यहीँ छन् भने सिर्जना लामिछाने तीन वर्षदेखि सोही कार्यालयमा कार्यरत छन्। उज्ज्वल मर्दन पाँच वर्षदेखि त्यहीँ छन् भने रन्जित कुमार यादव चार वर्षदेखि कार्यरत छन्। कम्प्युटर अपरेटर रमला पराजुली दुई वर्षभन्दा बढी समयदेखि त्यहीँ छन्। देवीमाया खतिवडा तीन वर्षदेखि सोही कार्यालयमा छन् भने रविना ढकाल पनि तीन वर्षदेखि त्यहीँ कार्यरत छन्। प्रकाश बुढाथोकी दुई वर्षभन्दा बढी समयदेखि प्रधानमन्त्री कार्यालयमै छन्।

नायब सुब्बा दीपेन्द्र ढकाल पाँच वर्षदेखि त्यहीँ छन् भने अमिर महर्जन आठ वर्षदेखि प्रधानमन्त्री कार्यालयमै कार्यरत छन्। नायब सुब्बा रुक्मणीदेवी भट्टराई दुई वर्षभन्दा बढी समयदेखि त्यहीँ छन्। नायब सुब्बा श्रीराम लम्साल सात वर्षदेखि सोही कार्यालयमा छन्। नवीन महर्जन छ वर्षभन्दा बढी समयदेखि कार्यरत छन् भने लक्ष्मीश्वरी रन्जितकार पनि छ वर्षदेखि त्यहीँ छन्। निरज महर्जन नासुका रूपमा छ वर्षदेखि प्रधानमन्त्री कार्यालयमै कार्यरत छन्।

नासु धनबहादुर शाही दुई वर्षभन्दा बढी समयदेखि त्यहीँ छन्। लेखापालनतर्फ कार्यरत बिमला बस्नेत थापा चार वर्षदेखि प्रधानमन्त्री कार्यालयमा छन्। नासु थानेश्वर पौडेल दुई वर्षभन्दा बढी समयदेखि सोही कार्यालयमा कार्यरत छन्। कम्प्युटर अपरेटर अमृता उप्रेती दुई वर्षभन्दा बढी समयदेखि त्यहीँ छन्। लक्ष्मी कुमारी लोहनी पाँच वर्षदेखि प्रधानमन्त्री कार्यालयमै कार्यरत छन्। खरिदार उर्मिला घिमिरे पाँच वर्षदेखि त्यहीँ छन् भने खरिदार प्रकाशकुमार कर्ण छ वर्षभन्दा बढी समयदेखि सोही कार्यालयमा कार्यरत छन्।

स्रोतका अनुसार सिंहदरबारभित्र लामो समयदेखि बसिरहेका कर्मचारीहरूमध्ये धेरैजसो ट्रेड युनियनसँग आबद्ध नेताहरू रहेका छन्। उनीहरूले कर्मचारी सरुवा र पदस्थापन प्रक्रियामा अनौपचारिक प्रभाव पार्ने, विभिन्न कार्यालयहरूमा आफ्नो पहुँच कायम राख्ने र प्रशासनिक निर्णयहरूमा दबाब सिर्जना गर्ने गरेको आरोप पनि उठ्दै आएको छ।

त्यसैगरी कम्प्युटर अपरेटर लगायतका पदहरूमा तत्कालीन मन्त्री, सचिव तथा सहसचिवका नातेदारहरू नियुक्त भएको र उनीहरू वर्षौँदेखि त्यहीँ बसिरहेको आरोप पनि प्रशासनिक वृत्तमा सुनिँदै आएको छ। यसले मेरिट प्रणाली कमजोर बनाएको र प्रशासनिक पारदर्शितामाथि प्रश्न उठाएको विश्लेषण पनि गरिएको छ।

प्रधानमन्त्री बालेन शाहले सिंहदरबारमा वर्षौँदेखि जरा गाडेर बसेका कर्मचारीहरूको विवरण मागेपछि अब व्यापक सरुवा, व्यवस्थापन पुनरावलोकन वा प्रशासनिक छानबिनको सम्भावना बढेको बताइन्छ। संघीय प्रशासनमा सुधारको बहस लामो समयदेखि चलिरहेको अवस्थामा प्रधानमन्त्रीको यो कदमले वास्तविक सुधारको ढोका खोल्छ कि केवल औपचारिक प्रक्रिया मात्र बन्ने हो भन्ने प्रश्न अहिले प्रशासनिक वृत्तमा उठ्न थालेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब सरकारी कर्मचारीले महिनामा दुईचोटि तलब पाउने

बिचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको ‘बीमा कनेक्सन’ : एउटै कम्पनीमा २५ लाख बराबरको सेयर

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

सम्पत्ति शुद्धीकरणको ‘राडार’मा अर्थका आधा दर्जन सहसचिव

दीपक भट्ट ‘ग्याङ’को जालो: सचिव–सहसचिवसम्म सम्पत्ति शुद्धीकरणको राडारमा

प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा क-कसले नियुक्ति पाए ?

बिशेष