प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा क-कसले नियुक्ति पाए ?

प्रधानमन्त्री बालेन शाह सहित सरकारका १६ जना मन्त्रीहरूको सचिवालयमा नियुक्त भएका कर्मचारीहरूको नामावली सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन शाहको सचिवालयमा स्वकीय सचिवका रूपमा सुवास शर्मा, निजी सचिवका रूपमा प्रदीप परियार र पीएसओका रूपमा दीपेश बस्याल खटिएका छन्।

बिज्ञापन

अर्थमन्त्री स्वर्णिम वाग्ले को सचिवालयमा स्वकीय सचिव नवीन ढुङ्गाना, निजी सचिव कञ्चन बस्नेत र पीएसओ श्रीहरि केसी रहेका छन्। परराष्ट्र मन्त्री शिशिर खनाल का स्वकीय सचिव लोचन पौडेल, निजी सचिव मधु भट्टराई र पीएसओ जङ्गबहादुर बुढाथोकी छन्।

बिज्ञापन

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बिराज भक्त श्रेष्ठ को सचिवालयमा स्वकीय सचिव सञ्जीव महर्जन र राजा शाक्य, निजी सचिव दुर्गानारायण भुर्तेल तथा पीएसओ नारायण पराजुली खटिएका छन्। गृहमन्त्री सुधन गुरुङ का स्वकीय सचिव जेम्स कार्की तथा निजी सचिव परशुराम पोखरेल र श्रीहरि केसी रहेका छन्।

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्साल का स्वकीय सचिव प्रतीक श्रेष्ठ र विवेक बास्तोला, निजी सचिव सुनिता घिमिरे तथा पीएसओ सरोज गिरी छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम को सचिवालयमा स्वकीय सचिव प्रकृति न्यौपाने, निजी सचिव प्रजु डोटेल र पीएसओ इसा श्रेष्ठ छन्।

बिज्ञापन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता वादी का स्वकीय सचिव टेकेन्द्र विश्वकर्मा, निजी सचिव मिलन भट्टराई र पीएसओ रमन राई रहेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल को सचिवालयमा स्वकीय सचिव अभिषेक श्रेष्ठ, निजी सचिव राम आचार्य र पीएसओ अनुपमा भारती छन्।

स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता का स्वकीय सचिव नीरज कटुवाल, निजी सचिव यमुना सापकोटा र पीएसओ रिता बुढाथोकी रहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल का स्वकीय सचिव आरजु लोहनी, निजी सचिव विष्णु भुसाल र उषा लामिछाने तथा पीएसओ राजेन्द्र शर्मा छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल का स्वकीय सचिव सुमन गौतम, निजी सचिव अर्जुन शर्मा र पीएसओ दिलिप चौधरी रहेका छन्। सञ्चार सूचना तथा प्रविधि मन्त्री विक्रम तिमिल्सेना का स्वकीय सचिव शिव थापा, निजी सचिव राकेश गुरुङ र पीएसओ ताराकृष्ण काफ्ले छन्।

कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी का स्वकीय सचिव युवराज भण्डारी, निजी सचिव शिव सागर चौधरी र पीएसओ पद्मा खत्री रहेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव को सचिवालयमा निजी सचिवका रूपमा सन्ध्या सिग्देल नियुक्त भएकी छन् भने अन्य पदहरूमा नियुक्ति हुन बाँकी रहेको जनाइएको छ।

त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजमी यादव को सचिवालयमा निजी सचिवका रूपमा केशर पण्डित खटिएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यले सेटिङमा सरुवा गरेको भन्दै शाखा अधिकृतले दिए सरकारी सेवाबाट राजीनामा

तीन दर्जन नासुहरुको सरुवा सूची निस्कदै

कर्मचारी प्रेसले खोलेपछि मात्र बाहिरियो फाइल : काफ्लेमाथि आफ्ना मान्छे मिलाउने आरोप

महेन्द्रराजमार्ग क्षेत्रमा सडक सीमा भित्रका संरचना हटाउन हेटौंडा सडक डिभिजनको कडा निर्देशन

“१५–१५ दिनमा तलब” निर्णय विवादमा: कर्मचारी वृत्तबाटै तीव्र आलोचना

निजामती सेवा विधेयकको मस्यौदा लेखनमा सरकार : ३० वर्षे सेवाअवधि र कुलिङ पिरियड राख्नेदेखि ट्रेड युनियन खारेजीसम्मका विषयमा छलफल

मध्यमकालीन खर्च संरचना निर्माणमा तदारुकताको अभाव

धमाधम राजीनामा दिँदै कर्मचारी,साता दिनमै चार अधिकृतले दिए राजीनामा

बिशेष