सिडिओहरू थर्कमान

मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय सरकारको प्रतिनिधि भनिने प्रमुख जिल्ला अधिकारीको सान र मान पहिलेको जस्तो छैन । उनीहरुको नियमित काम नागरिकता र राहदानी विभागले बनाइदिएको पासपोर्ट बाँड्नुमै सीमित रह्यो तर अहिले संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ ‘गस्ती’ को शैलीमा काठमाडौंबाहिरका विभिन्न प्रशासन,सुरक्षा युनिट र ड्युटीस्थल अनुगमन गरिरहेका छन् । उनको शैलीले विभिन्न जिल्लाका सुरक्षा कमाण्डरलाई अनावश्यक हैरानी भएको छ ।

बिज्ञापन

सुुरक्षा निकायहरूलाई कसरी बलियो बनाउने भनेर ऐन निर्माण गर्नुपर्नेमा गृहमन्त्री मनमौजी तालले हिँडेको एस्कर्टिङ टोलीलाई मन परेको छैन । अर्कोतिर गृहमन्त्री कतै भौतिक मन्त्रालय मातहतको आयोजनाको निरीक्षण गर्ने दौडिरहेका छन् । त्यही अनुसार कतिपय स्थानमा निर्देशन समेत दिएका छन् ।

बिज्ञापन

गृहमन्त्री गुरुङले जिल्ला सुरक्षा प्रमुखलाई सडक–सडकमै विभिन्न आदेश र निर्देशन दिँदै हिँड्दा ती सुरक्षा प्रमुखले दैनिक जिम्मेवारी निर्वाह गर्नुपर्ने स्थानको काम नकारात्मक ढंगले प्रभावित भइरहेको कर्मचारीहरु गुनासो पोख्न थालेका छन् । प्रहरीहरु जब दैनिक कार्यअवधि सिध्याएर निजी जीवनचर्यामा हुन्छन्, त्यस्तो समयमा गृहमन्त्री आफ्नो कार्यक्षेत्रमा प्रवेश गरिदिन्छन् । यसले प्रहरी प्रशासनले थकान, तनाव र दबाबमा खेपिरहेका छन् । त्यसमाथि संघीय सरकारका गृहमन्त्री ‘गस्ती’ वा ‘छापामार’ शैलीमा कार्यक्षेत्रमा प्रवेश गर्ने घटनाले उनीहरूमा थप थकान, तनाव र दबाब थपिएको छ ।
अर्काेतिर गोली नचलाउनु भन्ने निर्देशनका कारण सिडिओहरू थर्कमान छन् । ‘बल प्रयोग गर्दै नगर्नु भन्छन्, ’ स्रोतले भन्यो, ‘सबै लो मोरालमा छन् । भोलि उनकै सुरक्षाका निम्ति केही गरी गोली चलाउनु प¥यो भने कसले जिम्मेवारी लिन्छ ? गोली नचलाए मान्छे डराउँदैन, चक्काजाम गर्ने भीड हट्दैन । रमेश लेखक होस् कि सुधन गुरुङ होस् कुनै पनि गृहमन्त्रीले गोली चलाउन आदेश दिने होइन । फिल्डको डिमाण्ड के छ त्यसले गोली चलाउने वा नचलाउने तय हुन्छ । फिल्ड कमाण्डरलाई त्यही सिकाइएको हुन्छ । त्यही गर्नलाई जागिर खाइन्छ गृहमन्त्री र स्वास्थ्य मन्त्रीले गोली चलाउने नचलाउने, कसलाई थुन्ने भन्ने होइन । ल इन्फोर्समेन्ट गर्ने स्वतन्त्रता भएन भने कसैले काम गर्नै सक्दैन ।’
कुनै मान्छे सडक दुर्घटनामा मर्न सक्छ । आफन्तले चक्काजाम गर्छन् । त्यहाँ गएर सम्झाई बुझाई गर्नुपर्ने काम प्रहरीको हो । मानेनन् भने भीडलाई १० देखि १५ मिनेट हटाउनु भन्ने निर्देशिका नै छ । हटाउँदा बल प्रयोग गर्नुप¥यो,’ स्रोत भन्छ, ‘आइन्दा त्यति छोटो समयमा बल प्रयोग गर्नुअघि गृहमन्त्रीलाई सोध्ने कि बालेनलाई ?’
‘प्रहरी जहिले पनि चेपुवामा पर्ने कारण त्यही हो । एउटाले अत्यधिक बल प्रयोग गर भन्छ, अर्कोले गर्दै नगर भन्छ, अनि के गर्ने के गर्ने द्वविधामा परेपछि कसरी काम हुन्छ ?,’ स्रोतले भन्यो, ‘समाज यही हो, पूरै भताभुङ्ग छ । ‘जेन–जी’ भन्दै प्रहरी चौकी जाने, यो गर्ने, त्यो गर्ने भनिरहेका छन् । कतिपय राम्रा अफिसरले गृहमन्त्रीले जे भन्यो त्यो मान्दैनन् । किनकि उनीहरू रुल अफ लमा विश्वास गर्छन् ।
अर्काेतिर पक्राउ परेका ९ जना हाइप्रोफाइलमध्ये ७ जना छुटिसकेका छन् । भक्तपुर,काठमाडौबाट पक्राउ परेका ७० जना टोले गुण्डाहरुमध्ये अधिकांश धरौटीमा छुटिसकेका छन् । बिचौलिया र गुण्डा नियन्त्रणको उक्त शृङ्खला पनि असफलतामा टुंगिएको स्थिति छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

बिशेष