सुनका धनी बालेन मन्त्रिपरिषद् : प्रधानमन्त्रीसँग सबैभन्दा धेरै,कृषिमन्त्रीसँग ५ तोलामात्र

बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरू सुनचाँदीका धनी देखिएका छन् । सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री शाहसँग सबैभन्दा धेरै १८० तोला सुन रहेको भनिएको छ भने सबैभन्दा कम कृषिमन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको उल्लेख छ ।

बिज्ञापन

मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री बालेन्द्र शाहसँग सबैभन्दा बढी १९० तोला सुन रहेको छ, जसको स्रोत उनले पैतृक बताएका छन्। त्यस्तै, मन्त्री गौरीकुमारी यादवसँग १८० तोला सुन, २ किलो चाँदी र २ सेट हीरा रहेको देखिएको छ। त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको साथमा १८० तोला सुन रहेको छ । जुन उनले रुसमा व्यापार गर्ने क्रममा आर्जन गरेको उल्लेख गरेकी छिन् । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन हुँदा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव ८० तोला सुन रहेको विवरणमा उल्लेख छ ।

बिज्ञापन

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको विवरणमा उल्लेख छ । त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहेतासंग ३०–३० तोला सुन रहेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग २५–२५ तोला सुन मौज्दात रहेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग पनि १८ तोला सुन रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री विराज भक्त श्रेष्ठ १५ तोला सुन हुँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग पनि १५ तोला सुन रहेको देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग ११ तोला सुन रहेको छ ।

बिज्ञापन

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासंग करिब सात तोला सुन रहेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्का अलवा प्रधानमन्त्री शाहसँग काठमाडौँ महानगरपालिका ९ मा ध्रुवदेवी शाहको नामा ५ आना र धनुषामा १ दशमलव २ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ बिघा जग्गा रहेको पनि प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ।

यस्तै,अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, भैँसेपाटीमा ५ करोडको जग्गामा बनेको घर, काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र बन्दीपुरमा २ करोडको जग्गा छ। अर्थमन्त्रीको नाममा सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता सेयर रहेको, सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता प्रमोटर सेयर रहेको उल्लेख गरेका छन्। अपर मादी खोला हाइड्रोमा ३ करोडको सेयर रहेको विवरण सार्वजनिक भएको छ ।
यता परराष्ट्रमन्त्री शिशिर खनालसँग तनहुँको भानु नगरपालिकामा पैतृक सम्पत्तिबाट १५ रोपनी जग्गा, पूर्वनवलपुरको देवचुलीमा १३ रोपनी जग्गा खरिद गरेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

यस्तै,ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको काठमाडौँमा दुई वटा घर छन्। वीरेन्द्रभक्त श्रेष्ठको नाममा काठमाडौँ महानगरपालिका–२४ मा २ आना तथा विकास श्रेष्ठको नाममा काठमाडौँ–१३ मा ४ आना जग्गामा घर रहेको छ। उनीसँग विभिन्न बैंकमा गरी ७८ लाख ९८ हजार ५४४ रूपैयाँ ३३ पैसा नगद छ। १ करोड ४५ लाख ४८ हजार ४२० रूपैयाँको २० हजार ९७८ कित्ता सेयरका अलावा उनीसँग ल्यान्ड क्रुजर गाडी, इलेक्ट्रिक गाडी र एउटा स्कुटर पनि छ।

गृहमन्त्री सुधन गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २०० रूपैयाँ मूल्यको सेयर रहेको छ। उनीसँग नगद मौज्दात ६१ लाख बढी देखिएको छ। लक्ष्मी बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ र सानीमा बैंकमा १ हजार ५७४ रूपैयाँ मौज्दात छ। यस्तै, आफ्नो नाममा धनकुटाको कार्कीछापमा ५ मा १९ रोपनी १५ आना, पिताको नाममा चितवनको भरतपुर १८ मा ३० कट्ठा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी रहेको छ।

उता,भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालसँग जमुना लम्सालका नाममा रूपन्देहीमा १ कट्ठा १० धुरमा बनेको घर छ। जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कट्ठा १५ धुर जग्गा र बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी छ। ९० लाख रूपैयाँ बैंक ब्यालेन्स रहेका विवरण उनले सार्वजनिक गरेका छन ।
यता,कानुनमन्त्री सोविता गौतमसँग काठमाडौँ र चितवनमा दुई वटा घर छन्। श्रीमान गृहेन्द्र घिमिरेको नाममा काठमाडौँ क्षेत्र नं ३ मा र सासू आमा कृष्ण देवीको नाममा चितवनमा घर रहेको सार्वजनिक भएको विवरणमा उल्लेख छ। उनीसँग ५ वटा बैंकमा १० लाख ५० हजार ३३५ रूपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छन्।

महिला मन्त्रीसँग एनआईसी र प्रभु बैंकमा १५ लाख रूपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन्। उनले २० वटा कुखुरा र एउटा कुकुरलाई सम्पत्ति विवरणको रुपमा उल्लेख गरेकी छिन् । यस्तै, सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा मन्त्री रावलका नाममा छ। उनीसँग २४ लाख रूपैयाँ बचत रहेको छ। उनीसँग ४४ लाखको गाडी पनि छ।

स्वास्थ्यमन्त्री निशा मेहतासँग काठमाडौँको सौखेलमा ७ आना जग्गा छ। यस्तै, १७ लाख २३ हजार ५३५ रूपैयाँ नगद, २४० कित्ता सेयर छ। उनले २५ लाख रूपैयाँ पर्ने गाडी चढ्ने गरेकी छन्।

उता शिक्षामन्त्री सस्मित पोखरेलको परिवारका नाममा काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा छ। बैंक खातामा ४ लाख ४७ हजार ९९४ रूपैयाँ मौज्दात छ। उनको कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख उल्लेख छ।
यस्तै,पर्यटनमन्त्री खडकराज पौडेलको भाउजूको नाममा पोखरा महानगरपालिका–१४ मा २ करोड ६० लाख रूपैयाँको घर रहेको छ भने आमाको नाममा पोखराका तीन ठाउँमा १८३० दशमलव ६७ वर्गमिटर जग्गा रहेको छ। विभिन्न बैंक र सहकारीमा गरी २२ लाख ७३ हजार २२ रूपैयाँ नगद देखिएको छ।

यता सञ्चारमन्त्री विक्रम तिमिल्सिना ४७ लाख रूपैयाँ अरुलाई ऋण दिएका छन्। बलराम लामिछानेलाई १५ लाख र केशव राईलाई ३३ लाख रूपैयाँ ऋण दिएको उल्लेख छ। उनको खातामा १० लाख २४ हजार ३६५ रूपैयाँ मौज्दात छ। मञ्जु गैरेको खातामा १० हजार २१ रूपैयाँ मौज्दात छ। उनीसँग ५ तोला सुनका गहना, १० तोला चाँदी र ५० हजारको मोती माला छ। मञ्जुको नाममा काठमाडौँको नागार्जुनमा एउटा घर र जग्गा छुट्टै पनि छ। यस्तै उनीसँग २३ लाख रूपैयाँको गाडी पनि छ।

यता,कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीसँग ५ तोला सुन र १०० तोला चाँदी छ। यस्तै,उद्योगमन्त्री गौरीकुमारी यादव
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी चौधरीको काठमाडौँ महानगरपालिका ९ मा तीन तले घर छ। यस्तै काठमाडौँ महानगरपालिका १० मै तीन ठाउँमा १४ आना, ७ आना र ९ आना बढी जग्गा छ। महोत्तरीमा पनि चार ठाउँमा उनकै नाममा जग्गा रहेको विवरण उनले सार्वजनिक गरेकी छन्। ८ बिगा बढी जग्गा र एउटा पोखरी छ।

श्रममन्त्री रामजी यादवसँग सप्तरीको राजविराज नगरपालिका ९ मा ११ कट्ठा १३ धुर जग्गा रहेको सम्पत्ति विवरणमा खुलाएका छन्। यस्तै राजविराजमै विभिन्न ठाउँमा २९ कट्ठा ३३ धुर जग्गा रहेको छ। उनीसँग विभिन्न बैंकमा ७० लाख नगद छ। उनले २ लाख ७० हजारको मोटरसाइकल रहेको बताएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

शाखा अधिकृत हुँदा कसुर, सहसचिव छँदा मुद्दा

विज्ञापनको दस्तुर फिर्ता गर्ने प्रधानमन्त्री कार्यालयको परिपत्र

ब्याकडेट राखेर राजपत्रमा प्रकाशन भयो समता कर शुल्क खारेजको निर्णय

बिशेष