मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन् । मन्त्रिपरिषद्को बैठकले १२ दिन अघिको मर्यादाक्रमलाई सच्याउँदै नयाँ वरीयतामा निर्धारण गरेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज मन्त्रीहरूको मर्यादाक्रम व्यापक हेरफेर गरेका हुन् । अर्थमन्त्री डा स्वर्णिम वाग्ले दोस्रोमा यथावत् रहेका छन् । यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औं नम्बरमा पुगेका छन् । उनी चैत १३ गते गठित मन्त्रिपरिषद्मा तेस्रो वरीयतामा थिए । यसअघि चौथो नम्बरमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता तेस्रो भएको छ भने पहिले पछाडि रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई चौथो नम्बरमा ल्याइएको छ । विराजपछि मात्रै गृहमन्त्री गुरुङको वरीयता कायम भएको छ ।

बिज्ञापन

सुधनभन्दा अगाडि परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठल्याई ल्याइएको छ । यसअघि मन्त्री बनिसकेका शिशिर र विराजभक्तलाई पहिलो पटक सांसद बनेका सुधन भन्दा तल राख्दा मर्यादा नमिलेकाले हेरफेर गरिएको हो । यस्तै प्रधानमन्त्री वालेन शाह निकट रहेका भौतिक मन्त्री सुनिल लम्साललाई यस अघि नै सांसद बनिसकेकी सोबिता गौतमभन्दा माथि राखिएको छ । अघिल्लो पटक १५ औं नम्बरमा रहेकी महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सीता बादीलाई ८ औं नम्बरको मर्यादाक्रम दिइएको छ ।
यस्तै,यस अघि नवौं बरियतामा रहेकी स्वास्थ्यमन्त्री निशा मेहत्तालाई दशौंमा झारिएको छ भने अघिल्लो पटक मर्यादाक्रमको ११ औं सूचीमा रहेकी संघीय मामिला मन्त्री प्रतिभा रावललाई नवौं मर्यादाक्रममा राखिएको छ ।
यस्तै मर्यादाक्रमको ११ औं शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल रहेका छन् । उनी अघिल्लो पटक मर्यादाक्रमको आठौं नम्बरमा रहेका थिए । मर्यादाक्रमको १२ औं नम्बरमा खड्कराज पोखरेल छन् । उनी अघिल्लो पटक ८ औं सूचीमा थिए । सञ्चारमन्त्री विक्रम तिमिल्सिनालाई दशौंबाट १३ मर्यादाक्रममा पुर्याइएको छ भने कृषिमन्त्री गीता चौधरी र सबैभन्दा पुच्छरमा श्रम मन्त्री दीपक साहलाई राखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

शाखा अधिकृत हुँदा कसुर, सहसचिव छँदा मुद्दा

विज्ञापनको दस्तुर फिर्ता गर्ने प्रधानमन्त्री कार्यालयको परिपत्र

ब्याकडेट राखेर राजपत्रमा प्रकाशन भयो समता कर शुल्क खारेजको निर्णय

बिशेष