बांके प्रशासनद्वारा चिट चोराउने पृन्सिपल र शिक्षकलाई जनही ६०/६० हजार धरौटिमा रिहा

२०८० चैत्र १४ गते देखि संचालन भएको नियमित तर्फको एसीई परीक्षा समाप्त भैसकेको छ भने ग्रेड बृद्वी तर्फको परीक्षा संचालन भैरहेको छ ।

बिज्ञापन

यसै क्रममा चैत्र २० गते संचालन भएको बिज्ञान तथा प्रबिधि बिषयको ज्ञानोदय बिद्या निकेतन नेपालगन्ज -२ केन्द्रमा संचालन भैरहेको परिक्षामा आफ्ना विद्यार्थीहरुलाई ह्ट एप्स ग्रुप बनाई मोबाईल मार्फत प्रश्न पत्र आउट गराउने र चिट चोराउने कार्यमा संलग्न लोटस इंग्लिश मिडियम हाई स्कुलका पृन्सीपल तपन शर्मा र पार्ट टायम शिक्षक मोहमद अल्ताफ खानलाई पक्राउ गरि अनुसंधान शुरु गरिको थियो ।

बिज्ञापन

त्यसै दिन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई आएको दोस्रो गोप्य सुराकिको आधारमा अर्को एक “एवान कन्सल्टेन्सी”मा समेत छापा मारी ३ जनालाई नियन्त्रणमा लिइ अनुसंधान शुरु भएको थियो। उनिहरुले पनि मोबाइलमा प्रश्न पत्र आउट गराउने र त्यस्को उत्तर तयार गरि पठाउने धन्दा गरिरहेका थिए ।उक्त कन्सल्टेन्सिबाट ईरफान अलि मिकरानी , संतोष नेपाली र दिलिप बि.क. लाई नियन्त्रणमा लिइएको थियो ।

परिक्षाको मर्यादा बिपरितका गतिबिधिमा संलग्न ५ जनालाई नै प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरेको थियो । त्यस मध्ये एक नावालक भएकोले बाल ईजलासमा पेश भएको छ । बांकी ४ जनालाई आज चैत्र २७ गते शिक्षा ऐन बमोजिम परिक्षाको मर्यादा बिपरितको कसुर र सजायको माग दाबि सहित प्रशासन समक्ष पेश भएकोमा प्रजिअ पोखरेलको आदेशले पृन्सिपल र शिक्षक दुवैलाई जनही रु ६०/६० हजार र कन्सल्टेन्सिमा फेला परेका २ जनालाई जनही रु ३०/३० हजार धौरौटिमा छाडेको छ ।

बिज्ञापन

हाललाई ५ जनालाई नै धरौटीमा छाडने निर्णय भएको हो , थप प्रमाण बुझी फसैला भने पछि नै हुने प्रजिअ पोखरेलले बताउनु भयो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

बिशेष