सतर्कता केन्द्रमा दुई अधिकृत प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत दुई जना अधिकृत प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

बिज्ञापन

केन्द्रले मिति २०८२ चैत १२ गते गरेको निर्णयअनुसार प्रहरी उपरीक्षक पदका लागि बुद्धिराम खनाल र शिवकुमार पौड्याललाई बढुवाका लागि सिफारिस गरिएको हो।

बिज्ञापन

राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ९(१) बमोजिम गठित बढुवा समितिको मिति २०८२ चैत ११ गते बसेको बैठकले दुवै अधिकृतलाई प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको केन्द्रले जनाएको छ।
यसअघि केन्द्रले मिति २०८२ चैत २ गतेको निर्णयअनुसार २०८२ चैत २ गतेदेखि लागू हुने गरी प्रहरी उपरीक्षक पदका लागि बढुवा दरखास्त आह्वान गरेको थियो। प्राप्त दरखास्तहरूको मूल्याङ्कनपछि बढुवा समितिले खनाल र पौड्याललाई सिफारिस गरेको हो।

प्रहरी नियमावलीको नियम २४ को प्रयोजनका लागि उक्त सिफारिससम्बन्धी सूचना प्रकाशित गरिएको केन्द्रले जनाएको छ।
बढुवाका लागि सिफारिस भएका खनाल र पौड्याल राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत अनुभवी तथा सक्षम अधिकृतका रूपमा चिनिन्छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष