सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस - Karmacharipress

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

लोक सेवा आयोगले पाँच जना कर्मचारीलाई सहसचिव पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले खुला तथा आन्तरिक प्रतिस्पर्धामार्फत लोकसेवाको सबै चरणका परीक्षा पार गरी सफल भएका प्राविधिक सेवातर्फ पाँच जना अधिकृतलाई सहसचिवमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार नेपाल नेपाल कृषि सेवाअन्तर्गत भेटेरिनरी समूहबाट विकास श्रेष्ठ सहसचिव नियुक्तिका लागि सिफारिस हुँदा खुला प्रतिस्पर्धाबाट नेपाल कृषि सेवा, बाली संरक्षण समूहमा सुरेन्द्र सुवेदी र बाली विकास समूहमा रुद्रप्रसाद पौडेल स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै प्राविधिक सेवातर्फकै नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत फिजियोलोजी समूह (जनरल जियोलोजी उपसमूह)बाट शिवकुमार बास्कोटा तथा मेकानिकल समूहमा रामचन्द्र पौडेल सहसचिव पदका लागि सिफारिस भएका हुन् ।

आयोगले सिफारिस गरिएका पाँचै जनाको स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मा पठाउने निर्णय गरेको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

बिशेष