एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

नेपाल बिमा प्राधिकरणले हिल्टन होटलको पुनर्बिमाका विषयमा कानुन विपरीत काम गरेको भन्दै एक पुनर्बिमा कम्पनीका सीईओसहित तीन कम्पनीलाई कारबाही गरेको छ ।

बिज्ञापन

नेपाल बीमा प्राधिकरणले नेपाल रिका सिइओ, हिमालयन रि–इन्स्योरेन्स र दी ओरियन्टल इन्स्योरेन्सलाई दुई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। यस्तै, एलियन्टपुनर्बीमा ब्रोकर कम्पनीको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरिएको छ।

बिज्ञापन

नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बिमा ऐन, २०७९ को बमोजिम कारबाही गरेको छ । बीमा ऐन २०७९ को दफा १३८ को उपदफा ९४० अनुसार प्राधिकरणको निर्देशन वा आदेश विपरीत बीमा व्यवसाय गरेमा, रीत नपु¥याई बीमा कारोबार गरेमा वा झुट्टा विवरण तयार गरेमा पहिलो पटक दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । दोस्रो पटक २५ लाख रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटकमा प्रत्येक पटक ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान ऐनमा उल्लेख छ । यस्तै, हिमालयन रि र ओरियन्टल इन्स्योरेन्सलाई दुई–दुई लाख रुपैयाँ जरिवाना गराएको जनाएको छ ।

गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा हिल्टन होटलमा क्षति पुगेपछि ६ अर्ब रुपैयाँ बराबरको बिमा दाबी गरिएको थियो । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा शंकर समूहको लगानी रहेको हिल्टन होटलमा ठूलो क्षति पुगेको थियो । संरचनागत क्षति र जोखिम मूल्यांकनका आधारमा बीमा कम्पनीमा अर्बौ रुपैयाँको दाबी पर्ने अवस्था देखिएको थियो । तर, क्षति भइसकेपछि हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा ब्याकडेटमा गराएर नेपाल पुनर्बीमा कम्पनीमार्फत ठूलो दाबी पास गराउने प्रयास भएको आशंकासहित प्राधिकरण र अख्तियारमा उजुरी परेको थियो ।

बिज्ञापन

छानबिनका क्रममा हिल्टन होटलको करिब पाँच अर्ब रुपैयाँ बराबरको बीमा ओरियण्टल इन्स्योरेन्समा गरिएको पुष्टि भएको छ । तर, प्राधिकरणले तोकेको व्यवस्था अनुसार अनिवार्य रूपमा नेपाल पुनर्बीमा कम्पनीको पुलमार्फत हुनुपर्ने हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा गरिएको भेटिएन ।नियमअनुसार ‘हुलदंगा तथा आतंकवाद जोखिम’को पुनर्बिमा नेपाल रिमा मात्र गर्नुपर्ने प्रावधान छ । तर, ओरियन्टल इन्स्योरेन्सले एलियण्ट ब्रोकरमार्फत उक्त जोखिमको पुनर्बिमा शुल्क (प्रिमियम) निजी क्षेत्रको हिमालयन रिलाई तिरेको थियो । छानबिन समितिले सम्बन्धित कम्पनी र व्यक्तिहरूले निर्देशन उल्लंघन गरेको ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष