विजयी भएको प्रमाणपत्र बुझ्न प्रतिनिधि सभाको जेष्ठ सदस्य नै पुगेनन निर्वाचन आयोग

निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य चुनिएकाहरूलाई प्रमाणपत्र प्रदान गरेको छ ।

बिज्ञापन

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ १ सय १० जना निर्वाचित भएका छन् । आयोगले राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४–४ सांसद चयन भएका छन् । जसमध्ये नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका अर्जुननरसिंह केसी निर्वाचित भएको प्रमाणपत्र बुझ्न निर्वाचन आयोगको कार्यालयमा नपुगेको पाइएको छ । कांग्रेसबाट निर्वाचित २० जनामध्ये संसदीय दलको नेताका रुपमा समेत चर्चामा रहेका र २७५ सांसदमध्येकै जेष्ठ सांसदका रुपमा रहेका केसी प्रमाणपत्र लिन नपुगेका हुन ।

बिज्ञापन

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सपथ गराउने छन् । सदनको सबैभन्दा ज्येष्ठ सदस्यको हैसियतमा उनले सभाको अध्यक्षता गर्ने र अन्य सांसदलाई पद तथा गोपनीयताको सपथ गराउने भएका हुन् ।

संविधानको धारा ९१ (५)मा सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा सभामा उपस्थित ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने र सपथ गराउने व्यवस्था छ । ७८ वर्षका केसी नयाँ संसदमा सबैभन्दा बढी उमेरका सांसद हुन् । समानुपातिक कोटाबाट सांसद बनेका उनले सुरूमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिनेछन् । त्यसपछि अन्य सांसदहरुलाई सपथ गराउने छन्। साथै, सभाको पहिलो बैठकको अध्यक्षता पनि केसीले नै गर्नेछन् । सोही बैठकले सभामुख र उपसभामुखको निर्वाचन तालिका तय गर्ने सम्भावना छ ।

बिज्ञापन

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यहरुको विवरण तयार पारेर संसद सचिवालयलाई बुझाउने तयारी गरेको छ । चैत १० देखि १५ गतेभित्र सांसदहरुको सपथ गराउने तयारी भइरहेको छ । तिनै जेष्ठ सदस्य समानुपातिकमा विजयी भएको प्रमाणपत्र लिन अनुपस्थित भए पछि सो बिषयमा जिज्ञासा राख्दा केसीले भने आफू कार्यक्रमको सिलसिलामा बाहिर रहेको र प्रमाणपत्र लिनका लागि प्रतिनिधि पठाएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

शाखा अधिकृत हुँदा कसुर, सहसचिव छँदा मुद्दा

विज्ञापनको दस्तुर फिर्ता गर्ने प्रधानमन्त्री कार्यालयको परिपत्र

बिशेष