निजामती कर्मचारीको बढुवामा अत्याधिक जाम,सुव्वाबाट अधिकृत हुन १८ बर्ष

निजामती कर्मचारीको बढुवामा अत्याधिक जाम देखिन थालेको छ । खुला र छड्के प्रवेश सहज गरिँदा उपल्ला तहमा उक्लिनका लागि झण्डै १८ बर्षसम्म कुर्न परेको देखिएको छ ।

बिज्ञापन

यस्तै देखिएको छ, ७२ जना नासु तहका कर्मचारीहरुलाई शाखा अधिकृतमा उकाल्दा । समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह,नेपाल विविध सेवा,महिला विकास अधिकृत र नेपाल प्रशासन समूह,राजस्व समूहका लागि ७२ जना नासु तहका कर्मचारीहरुलाई अधिकृतमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

समितिले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका ५५,नेपाल प्रशासन सेवा,राजश्व समूहका १६ र महिला विकास अधिकृत १ गरी ७२ जना नासु तहका कर्मचारीहरुलाई शाखा अधिकृतमा बढुवा सिफारिस गरेको हो । यसरी बढुवा सिफारिस भएका  नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहबाट सुशील शाक्य,केशवराज जमरकट्टेल,शेरबहादुर थापा,नवराज कोइराला,धर्मराज जोशी,धौल राम सार्की,बलिराम यादव,विष्णु प्रसाद पोखरेल,तारादत्त भट्ट,श्याम प्रसाद ओझा,वावुराम शर्मा,केशव प्रसाद अर्याल,श्यामकृष्ण लामिछाने,चन्द्रबहादुर रोकाया,पुरुषोत्तम जोशी,लेखनाथ पंज्ञेनी,गणेश पौडेल,हुमनाथ गैरे,हरिप्रसाद न्यौपाने,शोभाखर आचार्य,रामहरि अर्याल,ठानेश्वर सापकोटा,हरिकृष्ण भण्डारी,नवराज भट्ट लगायत रहेका छन ।

यस्तै नेपाल प्रशासन सेवा राजश्व समूहबाट रामप्रसाद बोहोरा,तुल्सीराम चुवाई,गोविन्द अधिकारी,शिवहरि निरौला,सीता आचार्य,दिपक प्रसाद काफ्ले,धन बहादुर कटवाल,कुमार घिमिरे,विशाल भण्डारी,प्रभु नारायण मेहता,नोदराज पोखरेल,श्याम कुमार वलम्पाकी मगर,जानुका तिवारी,प्रदीप साह र तुलसादेवी पिठाकोटेसहित १६ जना रहेका छन् भने नेपाल विविध सेवा महिला विकास अधिकृतमा उमा पोखरेलको नाम सिफारिस भएको छ ।
यी सबै कर्मचारीहरु जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस भएका हुन । यी बढुवा सिफारिस भएकामध्ये नेपाल प्रशासन सेवाका ५५ जना कर्मचारीहरु ६४ साल माघ १ गते नासुमा बढुवा भएका कर्मचारीहरु हुन । यस्तै राजश्व समूह १६ जना कर्मचारीहरु बढुवा सिफारिस भएका छन् उनीहरु ६६ सालका नासु हुन ।

बिज्ञापन

नासुबाट शाखा अधिकृतमा बढुवा हुँदामात्र होइन माथिसम्म बढुवामा जाम छ । शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनका लागि झण्डै १५ बर्ष कुर्नुपर्ने अवस्था रहेको छ भने उपसचिवबाट सहसचिवमा बढुवा हुन १४ बर्ष कुनुपर्ने स्थिति रहेको छ । माथिल्ला पदहरूमा अत्यधिक जाम हुँदा अब नयाँ नियुक्ति हुने कर्मचारीलाई उच्च तहमा पुग्ने बाटो नै ‘ब्लक’ हुन पुगेको छ ।

संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो ल्याएर यस्ता ब्लकेजहरु खोल्नुपर्ने हो तर कर्मचारीको मूल ऐन झण्डै एक दशकदेखि अलपत्र छ । रास्वपा नेतृत्वको दुई तिहाइ नजिकको सरकारले यस्ता ऐन ल्याएर कर्मचारीहरुको वृत्ति विकासको बाटो छिटो भन्दा छिटो खोलिनेतर्फ निजामतीहरु आशावादी छन् । माथिल्ला पद जति छिटो खाली भयो, तल्ला पदको उति छिटो बढुवा हुन्छ । तर, माथि अत्यधिक जाम हुँदा तलबाट बढुवा हुन निकै असहज भएको भएको र यस्को मूल कारण निजामती सेवामा छड्के प्रवेशलाई मान्दछन्,प्रशासकहरु ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

दरबन्दी कटौतीमा परेका सब -इन्जिनियर आन्दोलित

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

बिशेष