सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

पूराना सत्ता पल्टिएर नयाँ सरकार बन्ने तयारी भइरहँदा सर्वोच्च अदालतले जारी गरेको परमादेशले हलचल पैदा भएको छ । ६ बर्ष अघिप्रहरीको गोली लागी ज्यान गुमाएका विप्लव समूहका नेता कुमार पौडेल इन्काउन्टर प्रकरण’मा एमालेका उपाध्यक्षउपर अनुसन्धान गर्ने बाटो खुलेको छ भने एमालेका सचिवमाथि अदालत अवहेलना मुद्धामा सुनुवाई प्रक्रिया अगाडि बढेको छ ।

बिज्ञापन

सर्वाेच्चले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको तत्कालीन नेकपाका कार्यकर्ता सर्लाहीको वागमती नगरपालिका २ का कुमार पौडेलको हत्या प्रकरणमा अनुसन्धान अगाडि बढाउन परमादेश जारी गरेको छ । २०७६ असार ५ मा सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जंगल नजिक प्रहरीको गोली लागेर नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव समूह’का नेता पौडेलको मृत्यु भएको थियो । पौडेललाई कब्जामा लिएर गोली हानेर हत्या गरिएको परिवारको दाबी छ । तर, प्रहरीले सो घटनालाई ‘इन्काउन्टर’ गरिएको जिकिर गर्दै आएको छ ।

बिज्ञापन

यो प्रकरण हुँदा सर्लाहीका तत्कालीन सिडिओ कृष्णबहादुर राउत जो अहिले निर्वाचन आयोगमा छन् । इन्काउन्टर हुँदा गृहमन्त्री थिए रामबहादुर थापा ‘बादल’ । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक थिए । तत्कालीन गृहमन्त्री रामबहादुर थापा र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितलाई विपक्षी बनाई पेश गरिएको जाहेरी दर्ता गरी अनुसन्धान गर्न सर्वोच्चले हिजोमात्र परमादेश जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाही, जिल्ला सरकारी वकिल कार्यालय सर्लाही समेतको नाममा पौडेल हत्याको अनुसन्धान अगाडि बढाउन सर्वोच्चले परमादेश जारी गरेको हो । सर्वोच्चका न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार परमादेश जारी गरेपछि ६ वर्ष पुरानो घटनाको अनुसन्धान अगाडि बढ्ने भएको हो । तत्कालीन गृहमन्त्री थापा अहिले नेकपा एमालेको उपाध्यक्ष छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा उनी जनजाति क्लस्टरमा पहिलो नम्बरमा छन् ।

बिज्ञापन

तत्कालीन महानिरीक्षक खनाल एमाले प्रवेश गरेर ०७९ सालको प्रतिनिधि सभा निर्वाचन र ०८० को उपचुनाव लडेका थिए । दुवै चुनावमा पराजित भएपछि एमाले छाडेर उनले आफ्नै नयाँ पार्टी खोलेका थिए । समुन्नत पार्टीका अध्यक्ष रहेका खनाल राष्ट्रिय परिवर्तन पार्टीको चिह्नबाट चुनाव लडेका थिए । उनले बारा ४ बाट चुनाव लडेर ४६४ मत पाएका छन् ।

यही बीचमा नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको छ । गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा उनले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भन्दै अधिवक्ता लवन न्यौपानेले बुधबार मुद्दा दायर गरेका छन्,जसको पेसी पर्सी आइतबारका लागि तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशलाई लक्षित गर्दै अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा केन्द्रित रहेर अभिव्यक्ति दिएको भन्दै अदालतको अवहेलना मुद्दा दायर भएको हो । अधिवक्ता लबन न्यौपानेले बस्नेतविरूद्ध बुधबार सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका हुन् ।

विघटित प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दाको विषयलाई लिएर बस्नेतले सर्वोच्च अदालतका न्यायाधीश लक्षित अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै मुद्दा दायर भएको हो । यी प्रकरणले पूराना मुद्धाका फाइलहरु खोतलिने र एमाले तथा काँग्रेस निकटका नेताहरु धमाधम तानिने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष