काम चलाउ हलमा नयाँ सांसदहरुको शपथ,नयाँ मन्त्रीलाई छैन क्वार्टर

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर मतपरिणाम आइसकेको छ । नयाँ संसदहरु निर्वाचित भएर आइसकेका छन् भने समानुपातिकबाट ११० जना छानिने क्रममै छन् । समानुपातिकतर्फको उम्मेदवार टुंगो लागेर प्रमाणपत्र हस्तान्तरण गरेपछि संसद बैठक बस्नुपर्छ । चैत १० गते पहिलो संसद बैठक बोलाउने तयारी छ । तर,संसद भवनको निर्माण भने सकिसकेको छैन । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा नयाँ बानेश्वरस्थित संसद भवन जलेर ध्वस्त भएको छ । रोचक प्रसंग के भने,संसद भवन जलाउन उक्साउने र जलाउनेहरु पनि माननीय बनेर सदन छिर्दैछन् ।

बिज्ञापन

संघीय संसद भवन तोकिएको मितीमा बन्न नसक्दा पटक पटक म्याद थप हुँदै आएको छ । संसद् भवन निर्माणको ठेक्का चिनियाँ ठेकेदार कम्पनीसँगको संयुक्त साझेदारीमा नेपाली कम्पनी तुँदी कन्स्ट्रक्सनले पाएको थियो। तर म्याद सकिएको तीन वर्षमा पनि काम सकिएन। सिंहदरबारस्थित पुतली बगैँचाको १ सय ५६ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन बनाउन गरी ७६ सालमै सम्झौता भएको हो । निर्माण पक्षसँग २०७९ असोज १६ गतेसम्ममा बनाइसक्नेगरि सम्झौता भएको भए पनि २०८२ फागुन २७ सम्म पनि भवन निर्माणको काम सकिएको छैन। यो बिचमा निर्माण कम्पनीको म्याद पाँचौँ पटक थपियो। तुँदीका अध्यक्ष ऋषिराम सुवेदी हुन्। सुरुमा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको संसद् भवनको निर्माण खर्च बढेर ६ अर्ब ३० करोड पुगेको छ। निर्माणको काम बाहेक भवनभित्रको साजसज्जा र माइक सिस्टम जडानका लागि छुट्टै करिब २ अर्ब ३४ करोड लाग्ने छ। यसरी सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न करिब ८ अर्ब ६४ करोड रुपैयाँ लागत पुग्ने अनुमान गरिएको छ ।
प्रतिनिधि सभाका सांसदहरुका लागि मात्र होइन नयाँ सरकारका मन्त्रीहरुका लागि समेत क्वार्टर बन्न सकेको छैन । त्यस कारण नयाँ सरकारका मन्त्रीका लागि तत्काल आवास प्रबन्धमा समस्या हुने देखिएको छ ।

बिज्ञापन

एक वर्षअघि एक अर्ब ३४ करोड रुपियाँको लगानीमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको सो आवास क्षणभरमै खरानी भएको थियो ।भैँसेपाटीमा संघीय सरकारका मन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुखका लागि २७ वटा छुट्टाछुट्टै भवन निर्माण भएका छन् । त्यहाँ मन्त्री निवासको क्षेत्रफल ९६ रोपनी १० आना छ। हरेक भवनले करिब सात आना क्षेत्रफलमा ०७६ सालदेखि भैंसेपाटीमा मन्त्री क्वार्टर निर्माण सुरु गरेको थियो। यसका लागि २०७६ कात्तिकमा केसी–समानान्तर जेभी व्यावसायिक कम्पनीसँग दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। ठेक्का रकम १ अर्ब ३ करोड ४६ लाख ८३ हजार रुपैयाँ थियो।

यस अघि मन्त्रीहरु पुल्चोकस्थितको क्वार्टरमा बस्दै आएका थिए। हाल उक्त क्वार्टरमा सर्वोच्च अदालतका न्यायाधीश बस्न थालिसकेका छन्। मन्त्री क्वार्टरका २७ ब्लकमध्ये २६ वटामा आगजनी भएको थियो। एउटामा तोडफोड मात्र भएको थियो। तोडफोड भएको ब्लक रक्षामन्त्रीका लागि निर्माण गरिएको थियो। मर्मतसम्भारपछि उक्त ब्लकमा वर्तमान सरकारका दुई मन्त्रीले उपयोग गरिसकेका छन्। हाल वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका माधवप्रसाद चौलागाईंले प्रयोग गरिरहेका छन्। यसअघि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता बसेका थिए। गुप्ता मन्त्रीबाट राजीनामा दिएर रास्वपाबाट चुनाव लड्न हिँडेपछि चौलागाईं बसेका हुन्। आगामी सरकारबाट मन्त्री बन्नेमध्ये एक जना मात्र मन्त्री क्वार्टरमा बस्न पाउनेछन्। बाँकीले आफ्नै घर वा भाडामा बस्नुपर्ने अवस्था छ।

बिज्ञापन

सिंहदरबार सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठका अनुसार,हाल ठेक्का प्रक्रियामा रहेको ११ वटा ब्लकको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने कार्यालयको लक्ष्य छ। बाँकी १५ वटा ब्लकको पनि छिट्टै ठेक्का निकाल्ने गरी तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्रीका स्वकीयको फोनपछि सतर्कता केन्द्रमा तरंग, सचिव तनावमा

अदालत छेउमा बम विस्फोट

क्याविनेट अनिश्चित,पेन्डिङमा दर्जनौं नियुक्ति-बढुवा प्रस्ताव

नयाँ सांसद : एसएलसीसम्म पढेकादेखि पीएचडीधारीसम्म

काम चलाउ हलमा नयाँ सांसदहरुको शपथ,नयाँ मन्त्रीलाई छैन क्वार्टर

अर्थमन्त्री खनाललाई नयाँ सरकारमा पनि दोहोर्याउने तयारी, राष्ट्रियसभामा मनोनित गरिँदै

तत्कालीन मालपोत प्रमुखसँग १० लाख धरौटी माग

सिडिइ साहको कार्यशैली विवादित: कर्मचारी र ठेकेदार आजित

बिशेष