भावी प्रधानन्यायधीशका लागि ६ जनाको संवैद्यानिक परिषद्मा सिफारिस,कस्ले मार्लान बाजी ?

अबको तीन साता पछि नै प्रधानन्यायधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण घर जाँदैछन् । त्यस पछि प्रधानन्यायधीशको कुर्सीमा को पुग्लान ? बरिष्ठताकै आधारमा प्रधानन्यायधीश चयन गरिएला वा बीचबाटै अन्य कोहीलाई उकालिएला ? त्यसका लागि थप तीन साता कुर्नुपर्नेछ ।

बिज्ञापन

न्याय परिषद्ले योग्यता पुगेका ६ जना न्यायाधीशको भावी प्रधानन्यायधीशको रुपमा सिफारिस गर्दै संवैधानिक परिषद्‌मा पठाएको हो । परिषद्ले अदालको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल,कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सचिवालयमा पठाएको जनाएको छ । सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने उल्लेख छ । उक्त उपधारा अनुसार नै तीन वर्ष अवधि पुगेका सबैको नाम परिषद्ले पठाएको हो ।
न्याय परिषद्ले रोस्टर पठाएपछि प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषद्ले बैठक बसेर भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेछ । त्यसपछि सिफारिस नाम संसदीय सुनुवाइका निम्ति सङ्घीय संसद्‌मा पठाइनेछ । संसद्‌मा नाम गएपछि सुनुवाइ समितिले सार्वजनिक उजुरी आह्वान गर्छ । सुनुवाइ प्रक्रिया सुरु हुन्छ । सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

बिज्ञापन

यी ६ मध्ये सपना मल्ल प्रधान सबैभन्दा बरिष्ठतम न्यायधीश हुन । उनी ०७३ साल साउनदेखि सर्वाेच्चमा कार्यरत छिन् । ०४३ साल चैतमा अधिवक्ताको लाइसेन्स प्राप्त गरेकी प्रधान पहिलो संविधानसभामा सदस्य भएर काम गरिसकेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोक सेवाबाट फर्कियो संघीय निजामती विधेयक, ‘३०–५५’ सहित अवकाश र बाह्य प्रवेशमा सुझाव

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

बिशेष