यस्तो १६ निर्वाचन क्षेत्र : कतै ५० हजारको मतान्तर,कतै ५ मत अन्तरले हार जित

फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ १६५ मध्ये अब मात्र ४ सिटको नतिजा आउन बाँकी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले एक एक सिटमा अग्रता बनाइरहेका छन् । रास्वपाले गोरखा १ मा, नेपाली कांग्रेसले इलाम १ मा तथा नेकपा एमालेले सङ्खुवासभा १ मा अग्रता बनाइरहेको छ । धनुषा १ को भने मत परिणाम हाल सार्वजनिक नगर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

बिज्ञापन

हालसम्म रास्वपाले सर्वाधिक १२४ सिट जितिसकेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १७ तथा एमालेले ८ सिट जितेको छ । नेपाली कम्युनिस्ट पार्टी ७ सिटसहित चौथो स्थानमा छ । यस्तै श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने १ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

बिज्ञापन

हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनीसँग चुनावी प्रतिस्पर्धामा रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन् । झापा–५ मा पहिलोपटक चुनाव लडेका बालेनले यस क्षेत्रबाट २०४८ यता लगातार आठौँपटक चुनाव लडेका ओलीलाई सर्वाधिक ४९ हजार ७१४ मतान्तरले पराजित गरेका हुन् । यस्तै,रूपन्देही– ३ मा डा लेखजंग थापा ५८ हजार ८१४ मतसहित विजयी भए । नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत पाए । थापा ५० हजार ३७९ मतान्तरले विजयी भएका छन् ।
उता,रूपन्देही– २ मा सुलभ खरेल ५६ हवार ५५० मतसहित विजयी भएका छन् । एमालेका प्रभावशाली नेता विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । खरेलको मतान्तर ४३ हजार ६८९ छ । मोरङ– ६ मा रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन् । कांग्रेसका डा। शेखर कोइरालाले १२ हजार ८५० मत पाए । आचार्य ४२ हजार ६६३ मतान्तरले विजयी भइन् ।चितवन ३ बाट सोबिता गौतम ५९ हजार २७७ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनले नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई ३८ हजार ६ सय ६२ मतान्तरले पराजित गरेकी हुन् । सोबिताले ५९ हजार मत कटाउँदा रेनुले भने २० हजार ६ सय १५ मत मात्र प्राप्त गरिन् । यस्तै,काभ्रे–२ बाट बदनकुमार भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गरेर निर्वाचित भए । नेपाली कांग्रेसका मधु आचार्य १७ हजार ८६८ मत पाएर निकटतम प्रतिद्वन्द्वी भए । उता,चितवन–२ मा रवि लामिछानेले ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भए । कांग्रेसकी मिना खरेल १४ हजार ५६४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी भए ।

केही स्थानमा धेरै क्षेत्रमा ५० हजारभन्दा बढी मतान्तरले हार जित हुँदा ओखलढुंगा यस्तो एउटा जिल्ला बन्यो जहाँ केही उमेद्धार ५ मतान्तरले पनि विजयी भएका छन् । ओखलढुंगा क्षेत्र नम्बर १ मा कांग्रेसका कुमार लुइँटेल प्रहरीका पूर्व एआइजीसँग जम्मा ५ मतको अन्तरले हार्न पुगेका छन् । उनले रास्वपाका विश्वराज पोखरेलसँग ५ मतको साँघुरो हार बेहोरेका हुन् । पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा लुईटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन् ।

बिज्ञापन

एक हजारभन्दा कम मतान्तरले हार जित भएका ९ वटा क्षेत्र रहेको भेटिन्छ । सिन्धुली १ मा नेकपा एमालेका प्रदीप कुमार कटवाल क्षेत्री ७ सय ८४ मतान्तरले पराजित भएका छन् । सो निर्वाचन क्षेत्रबाट रास्वपाका धनेन्द्र कार्की १६ हजार ६५९ मत प्राप्त गर्दा क्षेत्रीले १५ हजार ८७५ मत पाए । यता, बागलुङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका टेकराज पौडेल ७ सय ७९ मतान्तरले पराजित भएका छन् । उनलाई रास्वपाका उम्मेदवार सोम शर्माले पराजित गरे । पौडेलले ११ हजार ८६८ र शर्माले १२ हजार ६४७ मत ल्याए ।

यस्तै,नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट प्रहरीका पूर्व डिएसपीसँग थोरै मतान्तरले पारजित भएका छन् । विष्ट रास्वपाका गोविन्द पन्थीसँग ५ सय ६१ मतले पछि परे । विष्टले १६ हजार ९६७ मत पाउँदा पन्थीले १६ हजार ४०६ मत पाए । यस्तै क्षेत्र परिवर्तन गरेर तेह्रथुम उक्लिएका भानुभक्त ढकाल रास्वपाका सन्तोष सुब्बासँग ८ सय ७९ मतले पछि पर्दा भानुभक्तको संसद् छिर्ने ढोका बन्द भयो । ढकालले १० हजार ६८२ र सुब्बा ११ हजार ५६१ मत ल्याए ।

उता,दैलेख क्षेत्र नम्बर १ मा पनि एमालेका उम्मेदवार साँघुरो मतान्तरले पराजित हुन पुगे । उक्त क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका रविन्द्र राज शर्मा कांग्रेसकी बासना थापासँग ५ सय ७६ मतले हार ब्योहोरे । शर्माले ११ हजार ७९६ र थापाले १२ हजार ३७२ मत प्राप्त गरे ।
यस्तै,बाजुरा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार लालबहादुर थापा कम मतान्तरले पराजित हुन पुगे । उनी कांग्रेसका जनकराज गिरीसँग ५४० मतले पछि परे । गिरीले १७ हजार १७३ मत ल्याएर विजयी हुँदा एमालेका थापाले १६ हजार ६३३ मत पाएका छन् ।

आयोगको अन्तिम मत परिणाम अनुसार अछाम क्षेत्र नम्बर १ मा कांग्रेसका भरतबहादुर स्वारले पूर्व उपप्रधानमन्त्री समेत रहेका भीम रावललाई ५२६ मतको अन्तरमा हराए । स्वारले १० हजार ७ सय ५९ मत ल्याउँदा रावलले १० हजार २ सय ३३ मत प्राप्त गरे ।

यस्तै,डोटी क्षेत्र नम्बर १ मा एमालेका विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व गरिरहेका दीपकबहादुर धामी सानो मतान्तरले पराजित हुन पुगे । उनी कांग्रेसका भरतबहादुर खड्कासँग ७८७ मतले पछि परे । खड्काले १४ हजार ८९७ र धामीले १४ हजार ११० मत लिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

रसुवाका उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालयको निर्देशन

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नर पद रिक्त, नयाँ नियुक्ति प्रक्रिया अझै सुरु भएन

पेरूको राजनीतिक अस्थिरता र फुजिमोरीको निरंकुशता

बिशेष