समानुपातिकमा ७६ लाख बढी मतगणना : यही अनुपात कायम रहे कुन दलले कति सिट पाउँछन् ?

प्रतिनिधि सभा निर्वाचतको प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा पुगेको छ भने अब तीन सिटको मात्रै नतिजा आउन बाँकी रहेको छ। प्रत्यक्षतर्फका १६५ मध्ये १६१ क्षेत्रको नजिता सार्वजनिक भइसकेको छ। एक सिटमा उम्मेदवारी खारेजविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेको छैन। तीन क्षेत्रको भने मतगणना भइरहेको छ।

बिज्ञापन

अहिलेसम्म गणना सम्पन्न भएका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ सिट जितेको छ। त्यस्तै, नेपाली कांग्रेसले १७, नेकपा (एमाले)ले ८, नेपाली कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक र स्वतन्त्र उम्मेदवारले एक सिट जितेको छ।

बिज्ञापन

यस्तै,समानुपातिक मतगणना जारी रहेको छ । हालसम्म ७५ लाख ९१ हजार १३ मत गणना गरिएको हो । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले कुल सदर मतको ४८ दशमलव ४६ प्रतिशत अर्थात ३६ लाख ७८ हजार ५५३ मतसहित अग्रस्थानमा छ । यस्तै,दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ दशमलव १३ प्रतिशत अर्थात १२ लाख ४० हजार १८१ मत पाएको छ । यो अनुपात कायम रहे कांग्रेसले २० सिटसम्म पाउन सक्छ ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ४९ हजार ८७५ मत प्राप्त गरेको छ । यो कुल सदर मतको १३ दशमलव ८३ प्रतिशत हो । उसले यो अनुपात अन्तिमसम्म कायम रहे करिब १८ सिट पाउने देखिन्छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७ दशमलव ११ प्रतिशत मत पाएको छ जसअनुसार पार्टीको ५ लाख ३९ हजार ५२९ मत छ । नेकपाले यही अनुपात कायम रहे ८ सिट पाउन सक्छ ।

बिज्ञापन

यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५९ हजार ५८ मत पाएको छ । यो कूल सदर मतको ३ दशमलव ४१ प्रतिशत हो । राप्रपाको यो अनुपात अन्तिमसम्म कायम रहे ४ सिट पाउन सक्छ ।हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ दशमलव १८ प्रतिशत मत पाएको छ । सो पार्टीले हालसम्म २ लाख ४१ हजार १६५ मत प्राप्त गरेको छ । यो अनुपात अन्तिमसम्म कायम रहे ४ सिट पाउन सक्छ ।

दलहरुले यही अनुपात कायम रहे रास्वपाले समानुपातिकमा ६०,काँग्रेसले २०,एमालेले १८,नेकपाले ८ र राप्रपाले ४ सिट पाउनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

बिशेष