प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्म ६१ स्थानको नतिजा आएको छ । हालसम्म रास्वपाले ४४ स्थानमा विजय हासिल गरेको छ । यस्तै,८ स्थानमा काँग्रेस,२ स्थानमा एमाले,२ स्थानमा नेकपा,एक एक स्थानमा राप्रपा र स्वतन्त्रबाट विजयी भएका छन् ।
बिज्ञापन
रास्वपा पार्टीको तर्फबाट सो पार्टीका सभापति रवि लामिछाने,उपसभापति डोर प्रसाद अर्यालका अलवा चितवन ३ बाट सोविता गौतम विजयी भइसकेका छन् । यस्तै जितको सूचीमा मोरङ ५ बाट आशा झा,लमजुङबाट धर्मराज केसी विजयी भएका छन् । यस्तै,कैलालीबाट आनन्द बहादुर चन्द बिजयी हुँदा ललितपुर – १ बाट बुद्ध रत्न महर्जन, बाग्लुङ–१ बाट सुशील खड्का, काठमाडौं–३ बाट राजु नाथ पाण्डे, सिन्धुली–२ बाट आशिष गजुरेल, कैलाली– १ बाट कोमल ज्ञवाली, गुल्मी–१ बाट गोविन्द पन्थी, काठमाडौं –१ बाट रञ्जु न्यौपाने र बाग्लुङ – १ बाट सोम शर्मा, काभ्रे २ बाट बदन कुमार भण्डारी र सप्तरी ४ सीताराम साह निर्वाचित हुँदा रुपन्देही – ३ बाट डा लेखजंग थापा, रुपन्देही–२ बाट सुलभ खरेल, मोरङ–६ बाट रुबिना आचार्य, धनुषा–३ बाट मनिष झा, भक्तपुर –२ बाट राजीव खत्री निर्वाचित भएका छन् ।
यसैगरी, बारा–४ बाट रहवर अन्सारी, मोरङ–४ बाट सन्तोष राजवंशी, बारा–३ बाट अरविन्द साह, कास्की–१ बाट खडक राज पौडेल, तनहुँ– १ बाट स्वर्णिम वाग्ले, कास्की–३ बाट बिना गुरुङ, काठमाडौं–१० बाट प्रदिप विष्ट, काठमाडौं–९ बाट डोर प्रसाद अर्यालले चुनाव जितेका छन् । महोत्तरी – १ बाट प्रमोद कुमार महतो, काठमाडौं – २ बाट सुनिल केसी, भक्तपर – १ बाट रुकेश रन्जित, बाँके–१ बाट सुरेश कुमार चौधरी, नुवाकोट–२ बाट अचुत्तम लामिछाने, कास्की–२ बाट उत्तम प्रसाद पौडेल, पर्सा–२ बाट सुशील कुमार कानु, काठमाडौं–५ बाट सस्मित पोखरेल निर्वाचित भएका छन् ।
यस्तै, बाँके–३ बाट खगेन्द्र सुनार, काठमाडौं–४ बाट पुकार बम, स्याङजा–१ बाट धनन्जय रेग्मी, रौतहट – १ बाट राजेश कुमार चौधरी, रुपन्देही–४ बाट कन्हैया बनिया, काठमाडौं–६ बाट शिशिर खनाल, काठमाडौं–७ बाट गणेश पराजुली, पर्सा –१ बाट बुद्धि प्रसाद पन्त, पर्वत – १ बाट सागर भुसाल र काठमाडौं–८ बाट विराज भक्त श्रेष्ठ विजयी भएका छन् ।
बिज्ञापन
यस्तै नेपाली काँग्रेसले हालसम्म ८ स्थानमा विजयी हासिल गरेको छ । जसमध्ये,जाजरकोट १ बाट खड्कबहादुर बूढा,डोटी १ बाट भरतबहादुर खड्का,दैलेख १ मा बासना थापा,तेह्रथुम १ सन्तोष सुव्वा,अछाम १ भरतकुमार स्वार,रसुवाबाट मोहनकुमार आचार्य,मुस्ताङबाट योगेन्द्र गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ रहेका छन् । नेपाली काँग्रेस १२ स्थानमा अगाडि रहेको छ ।
यस्तै,एमालेले हालसम्म २ स्थानमा जित निकालेको छ । जसमध्ये बाँके २ बाट मोहम्मद इस्तियाक राई र बझाङ १ बाट ऐनबहादुर महरले जित निकालेका छन् । एमाले १० स्थानमा अगाडि रहेको छ ।
उता,नेकपाले २ स्थानमा मात्र जित हासिल गरेको छ । हालसम्म सो पार्टीले कालिकोट १ बाट महेन्द्रबहादुर शाही र रुकुम पूर्वबाट प्रचण्डले जित हासिल गरेको छ । सो पार्टी देशैभर पाँच स्थानमा अगाडि रहेको छ ।
यस्तै राप्रपाले हालसम्म जुम्ला १ बाट ज्ञानबहादुर शाहीले जित निकालेर खाता खोलेका छन् । यस्तै स्वतन्त्र रुपमा मैदानमा होमिएका महाविर पुनले जित हासिल गरेका छन् ।


























