रसुवामा मतगणना सुरु, काँग्रेसका मोहन आचार्य अग्रस्थानमा

रसुवा — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रसुवामा जारी मतगणनाको प्रारम्भिक परिणाममा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य अग्रस्थानमा रहेका छन्।

बिज्ञापन

कालिका हिमालय क्याम्पस मतदान केन्द्रको १ हजार ६३७ मत गणना गर्दा आचार्यले ६८९ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बसन्त भट्टले ५३८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने नेकपा एमालेका प्रेम तामाङले २३५ मत पाएका छन्।

बिज्ञापन

यसैगरी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार माधव लामिछानेले ३४ मत प्राप्त गरेका छन्।रसुवामा कुल मतदातामध्ये ६१ प्रतिशतले मतदान गरेका थिए। सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याएर संकलन गरिएपछि आज बिहानदेखि मतगणना सुरु गरिएको हो।

जिल्लामा कुल ४१ हजार ४ सय ७१ मतदाता रहेकामा २५ हजार ४ सय ५८ जनाले मतदान गरेका छन्। मतदान गर्नेमा १३ हजार ४ सय ७३ पुरुष र ११ हजार ९ सय ८५ महिला मतदाता रहेका छन्।
यस निर्वाचन क्षेत्रमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष