रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट ९ कार्टुन मदिरा र चामलसहितका सामान बरामद

सल्यान । निर्वाचन प्रचारप्रसारको आवरणमा अवैध सामग्री ओसारपसार भइरहेको आशंकामा प्रहरीले गरेको कारबाहीमा मदिरा र खाद्यान्नसहित दुई जना पक्राउ परेका छन्। चुनावी आचारसंहितामाथि चुनौती दिँदै रास्वपाको झन्डा राखेर हिँडेको जिपबाट मदिरा र चामलसहितका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

सोमबार बिहान सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१ सल्लीबजारबाट खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपलाई प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो। जिप चालक सिद्धकुमाख गाउँपालिका–४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र जिपमा सवार ३७ वर्षीय मोहन बीसीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार जिपमा निर्वाचनलाई लक्षित गरी वितरण गर्न सकिने आशंकामा चामल, मदिरा र खानेतेल लोड गरिएको थियो। जिपबाट २५ केजीका दुई बोरा चामल, ‘डायमण्ड’ लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन रकस्टार बियर र तीन कार्टुन खानेतेल बरामद गरिएको छ।

प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले निर्वाचन आचारसंहिताको उल्लंघन हुन सक्ने सूचनाका आधारमा जाँच गर्दा सामान बरामद गरिएको बताए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन

यता रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले भने गाडीमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको भएको दाबी गरेका छन्। उनले प्रचारप्रसारमा प्रयोग भएको गाडीमा सामान राख्नु व्यापारीको कमजोरी भएको प्रतिक्रिया दिएका छन्।

निर्वाचनको मुखमा यस्ता गतिविधि सार्वजनिक भएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढेको छ। निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ जना शाखा अधिकृतको सरुवा,४ जना गाउँपालिका पुग्दा २ लाई मन्त्रालयमा

भ्रष्टाचारमा मुछिए भाइकाजी

जेन्जीको नाममा ‘आतंक’ मच्चाउने गणेश घिमिरे गाउँपालिका सरुवा

स्वास्थ्यमा धमाधम काज फिर्ता, फेरिए तीन महाशाखा प्रमुख

दुबईमा ५ महिनादेखि श्रम सहचारी खाली : सचिव काफ्लेले फाइल ‘लुकाए’, हजारौं श्रमिक मर्कामा

मन्त्रीको सचिवालयमा भित्रिए मालपोत प्रमुख,लगनखेल हाक्ने जिम्मा नेपालीलाई

कर्मचारीको उमेर हद ५५ बनाउन लागिएको हो ? सामान्य,कानुन,अर्थका अधिकारीको जबाफ ‘मिडिया ट्याल भइराछ’

२३ उपसचिवको सरुवा,१४ लाई पठाइयो नगरपालिका

बिशेष