रसुवा जिल्लामा अहिले एउटा भाष्य सिर्जना गरिएको छ—“दुई ठेकेदारहरूको गठबन्धन भयो” भनेर। निर्वाचनको संघारमा संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) रसुवा जिल्ला कमिटी अध्यक्ष जनार्दन ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेसँगै यो भाष्य थप चर्काइएको छ। ढकाल सूर्य चन्द्र कन्ट्रक्सनका मालिक हुन् भने इन्जिनियर मोहन आचार्य रसुवा कन्ट्रक्सनका सञ्चालक हुन्।
बिज्ञापन
तर रसुवा जिल्लाको राजनीतिक यथार्थ भने केवल दुई व्यक्तिमा सीमित छैन। एमाले रसुवामा शिरदेखि तीरसम्म निर्माण व्यवसायीसँग जोडिएका नेताहरूको ठूलो सञ्जाल देखिन्छ। जिल्लामा एमालेसँग आबद्ध करिब ६३ जना नेता तथा कार्यकर्ता प्रत्यक्ष रूपमा ठेकेदार व्यवसायमा संलग्न रहेको तथ्य सार्वजनिक भएको छ।
फागुन २१ मा हुने निर्वाचनका लागि एमालेबाट संघीय सांसद उम्मेदवार प्रेमबहादुर तामाङ पार्टीका केन्द्रीय सदस्य हुन्। उनी एलआरके निर्माण सेवाका मालिक हुन्। यसअघि समानुपातिक संविधानसभा सदस्य तथा २०७९ का संघीय सांसद उम्मेदवार छोवाङ तेन्जिन तामाङ दावा एण्ड तेन्जिन निर्माण सेवाका सञ्चालक हुन्। उनी पार्टीका केन्द्रीय सल्लाहकार समेत हुन्। त्यस्तै जिल्ला समन्वय समितिका सभापति अशोककुमार घिमिरे लहरेपौवा निर्माण सेवाका ठेकेदार हुन् र पार्टीका केन्द्रीय सल्लाहकार समेत रहेका छन्।
दुईपटक रसुवा जिल्ला पार्टी अध्यक्ष भइसकेका कर्नेल लामा गुत्वे निर्माण सेवाका ठेकेदार हुन् र उनी पार्टीको प्रदेश सदस्यसमेत हुन्। गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्बु तामाङ जयकालिमाता निर्माण सेवाका काठ ठेकेदार हुन्। हाल उनी एमाले जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा छन्।
बिज्ञापन
तेम्रेल तामाङ प्रगति निर्माण सेवा प्रा.लि. का मालिक हुन् र पूर्व प्रदेश सदस्य हुन्। पूर्व पार्टी उपाध्यक्ष डिल्ली सुवेदी धैबुङ कालिका कन्स्ट्रक्सन प्रा.लि. का ठेकेदार हुन्। सुकुबहादुर तामाङ तायुङ भुमि निर्माण सेवाका ठेकेदार हुन् र पार्टी उपसचिवको जिम्मेवारीमा छन्।
उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङ अनमोल निर्माण सेवाकी मालिक हुन् र पार्टी उपसचिव समेत हुन्। सुरेन्द्र लम्साल एटलान्टिक कन्स्ट्रक्सनका सञ्चालक हुन् र पार्टी सचिवालय सदस्य हुन्। कमलनाथ आचार्य श्री तारकेश्वर कन्स्ट्रक्सन प्रा.लि. का ठेकेदार हुन् र पार्टी सचिवालय सदस्य समेत हुन्।
दावा सिदार वाइबा गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हुन् र नौकुण्ड कन्स्ट्रक्सनसँग आबद्ध छन्। गणेश पौडेल श्री सनातन कन्स्ट्रक्सन प्रा.लि. का ठेकेदार हुन् र कालिका गाउँपालिका उपाध्यक्षको जिम्मेवारीमा छन्। दावा मिङमार तामाङ पोतला निर्माण सेवाका ठेकेदार हुन् र वडा अध्यक्ष छन्। सिङ्गी दिनडुप तामाङ सुरेश निर्माण सेवाका मालिक हुन् र पूर्व वडा अध्यक्ष भइसकेका व्यक्ति हुन्।
छोवाङ तामाङ नबिना निर्माण सेवाका मालिक हुन्। बद्री प्रसाद आचार्य अनुप आयामी निर्माण सेवाका मालिक हुन्। सागर लामा आर्या कन्स्ट्रक्सनका सञ्चालक हुन्। जोन कुमार थोक्रा आशिर्वाद कन्स्ट्रक्सन सञ्चालन गरिरहेका छन्। तेम्बा गल्बो घले नि सो कन्स्ट्रक्सनका सञ्चालक हुन्।
रमेश देवकोटाले दुईवटा निर्माण सेवा सञ्चालन गरेका छन्—श्री रिब्यान्सी निर्माण सेवा र श्री डि.एस. एण्ड डी निर्माण सेवा। सज्जन अधिकारी श्री River Edge Engineering and Builders सञ्चालन गर्छन्। जयराम अधिकारीले श्री रसुवागढी कन्स्ट्रक्सन प्रा.लि. र श्री बिम्ब कन्स्ट्रक्सन प्रा.लि. गरी दुई कम्पनी सञ्चालन गरेका छन्।
रमेश लामिछाने श्री जया श्री जनसेवा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. सञ्चालन गर्छन्। विष्णुबहादुर मोक्तान श्री रसुवा मोक्तान निर्माण सेवा प्रा.लि. का सञ्चालक हुन्। सूर्यबहादुर गलान श्री धारापानी निर्माण सेवा सञ्चालन गर्छन्।
बिपिन तामाङ पाल्दोरपिक कन्स्ट्रक्सन प्रा.लि. का मालिक हुन्। कारसाङ पेम्बा तामाङ गोप्पो कन्स्ट्रक्सनका मालिक हुन्। बाहादुर तामाङ तेन्जी निर्माण सेवाका मालिक हुन्। रिसवाङदी तामाङ वाङदी निर्माण सेवाका सञ्चालक हुन्।
छिरिङ वाङबो हिराचन टिनुम कन्स्ट्रक्सनका मालिक हुन्। दावा सिधार घलेदुकड निर्माण सेवाका सञ्चालक हुन्। रिसाङ घले ईश्वर निर्माण सेवा सञ्चालन गर्छन्। उर्केन छिरिङ तामाङ नागथली कन्स्ट्रक्सन, ठिले वाङ्दी तामाङ सूर्यकुण्ड निर्माण सेवा, नुर्पु छिरिङ तामाङ दुङदी निर्माण सेवा, दावा पेमा तामाङ भोटेकोसी निर्माण सेवा, लामा दोर्जे तामाङ भाखु निर्माण सेवा, सुनाम ग्याल्बो घले एस पी घले निर्माण सेवा, सुन्दरलाल श्रेष्ठ पदमदिल निर्माण सेवा, ङानेन घले नविन कन्स्ट्रक्सन, सुरेश लामा न्यू पार्वतीकुण्ड निर्माण सेवा सञ्चालनमा संलग्न छन्।
कामदोर्जे तामाङ सुमित एण्ड सुमिता निर्माण सेवा, लवाङ्मो घलेमानेकोर कन्स्ट्रक्सन, रविन्द्र कुमार उप्रेती सन्देश कन्स्ट्रक्सन, सितेम्पा तामाङ एस टी कन्स्ट्रक्सन, ङवाङ फिन्जो तामाङ रोङगा कन्स्ट्रक्सन प्रा.लि., निमा टासी तामाङ सुन्दर नागथली कन्स्ट्रक्सन, सुमिता तामाङ जेशिका निर्माण सेवा सञ्चालन गर्ने ठेकेदारहरूको सूची पनि लामो छ।
शान्ति घले न्यू विश्वास विल्डर्स, दमाई सार्की थोक्रा शिव मन्दिर निर्माण सेवा, बुद्धिबिर लामा आर्की रसुवा विल्डर्स, काले तामाङ लोपेन कन्स्ट्रक्सन, सुमित लोपचन लोप्चन कन्स्ट्रक्सन, सूर्य गलान कर्मिडाँडा निर्माण सेवा, पारस गुरुङ अविना निर्माण सेवा, बुद्धिबहादुर बुलोन बुलुन कन्स्ट्रक्सन, बालबोत तामाङ तिरु ललिगुरास कन्स्ट्रक्सन, श्रीजल श्रेष्ठ जमुना निर्माण सेवा, सुब्बा तामाङ गणेशस्थान कन्स्ट्रक्सन र अमृत घले जि इन्फिनिटी प्रा.लि. का सञ्चालक हुन्।
यी सबै व्यक्ति पार्टीको जिल्ला कमिटीदेखि वडा कमिटीसम्म विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू हुन्।

























