उच्च सरकारी वकिलको कार्यालयले भन्यो : सिंहदरबार आगजनीका आरोपीलाई मुद्धा चलाऊ

उच्च सरकारी वकिलको कार्यालयले भदौ २४ गतेको जेन जी विध्वंशमा सिंहदरबारमा आगजनी गरेको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिन अस्वीकार गरेको छ । केही महिना अगाडि मात्र पक्राउ परेका गौतमलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उन्मुक्ति दिने निर्णय गरेको छ ।

बिज्ञापन

गौतम सिंहदरबार जलाएको आरोपमा पाँच महिनापछि अर्थात गत २२ माघमा पक्राउ परेका थिए । चितवन खैरहनी नगरपालिका घर भई काठमाडौं महानगरपालिका २९ अनामनगरका बसोबास गर्दै आएका उनीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप समेत गरिएको थियो । जिल्ला सरकारी वकील कार्यालयले गौतमविरुद्ध मुद्दा चलाउनका लागि प्रमाण नपुगेकाले उक्त निर्णय भएको र सदरका लागि उच्च सरकारी वकील कार्यालय पठाएको हो । सिंहदरबार आगजनीको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय उच्च सरकारी वकिल कार्यालय पाटनले बदर गरेको छ । उच्च सरकारी वकिलको कार्यालयले उनीमाथि अनुसन्धान गरी हदम्यादभित्रै मुद्दा दायर गर्न भनेको छ ।

बिज्ञापन

उसो त महान्यायाधिवक्ता कार्यालयले भदौ २३ र २४ गतेको घटनामा संलग्न प्रायः सबैलाई धमाधम हाजिरी जमानीमा छोडिसकेको छ । जसमा सर्वोच्च जलाउन उक्साउनेदेखि प्रहरीको हतियार लुट्नेसम्म छन् । सर्वोच्च जलाउन भीड उक्साउने बारा स्थायी ठेगाना भई अनामनगर बस्ने विष्णु ढुंगेल हाजिरी जमानीमा छुट्ने मुख्य पात्र हुन् । ल क्याम्पसका पूर्वस्ववियु सभापति उनले सर्वोच्च जलाउन उक्साएको भिडियो सार्वजनिक भएको थियो । २९ वर्षीय उनलाई प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याई अनुसन्धान गरेको थियो । उनी सरकारी वकिल कार्यालयबाट छुटेसँगै प्रहरीको मिहिनेत ‘बालुवामा पानी’ भएको छ । यता, ‘सर्वोच्च अदालत र सिंहदरबार हामीले जलायौं’ भन्ने ज्योति थापा घताने पनि छुटेका छन् । झापाको भद्रपुर नगरपालिका–१ घर भई काठमाडौंको कलंकी बस्ने उनलाई पनि त्यत्तिकै रिहा गरिएको हो ।

सर्वोच्च अदालत परिसरमा हतियार प्रदर्शन गर्ने र अदालतको कुर्सी चोर्ने व्यक्ति पनि रिहा भइ सकेका छन् ।जस्तै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९, राम्चे घर भएका एलेक्स भन्ने कुमार पराजुली लुटपाट र हातहतियार प्रदर्शनीको अभियोगमा समातिएका थिए । उनलाई पनि महान्यायाधिवक्ताको कार्यालयअन्तर्गत सरकारी वकिले हाजिर जमानीमा छोडेकी छन् । यस्तै,सर्वोच्च अदालत परिसरमा खटिएका प्रहरीको हतियार लुट्ने सुशील श्रेष्ठ उर्फ ब्राउन पनि छुटेका छन् । गौतमझैँ आगजनी, तोडफोड र लुटपाटमा संलग्न अन्य आधा दर्जनलाई उन्मुक्ति दिन लागिएको स्रोतको दावी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

बिशेष