स्वतन्त्र उमेद्धार फूँयालको चुनावी घोषणापत्र सुशासन र उद्यमशीलता प्रथामिकता

काठमाडौं निर्वाचन क्षेत्र नं ७ प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार शर्मिला फूयाँलले चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।

बिज्ञापन

काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर ३ ठूलागाँउ बस्ने ३९ वर्षिय प्रतिनिधि सभा सदस्य स्वतन्त्र तर्फको उम्मेदवार तथा सामाजिक अभियान्ता समेत रहेका उम्मेदवार फूयाँलले आज पत्रकार सम्मेलन गरी आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्रको समग्र अवस्था र समस्यासहित देशको रानजीतिक, भौगोलिक, शिक्षा, स्वास्थ्य, वेरोजगार, आर्थिक, वातावरणीलगायत विषयलाई समेटी आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

बिज्ञापन

घोषणापत्रमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का मतदाताहरु आफ्नो स्वतन्त्र उम्मेदवारीमा विश्वस्त हुन आग्रह गर्नुहुँदै मेरो चुनाव चिन्ह “त्रिभुज“ मा मतदान गरि अत्याधिक मतले मलाई विजयी गराउन आग्रह गर्नुभएको हो ।

उहाँले दलहरुप्रति नागरिकको वितृष्णा उब्जेको र दलहरुले जनता माझ विश्वासगुमाई सकेको अवस्थामा सबल, सक्षम, शशक्त, शिक्षित, योग्य, जिम्मेवार र नैतिकवान स्वतन्त्र उम्मेदवारलाई नै वैकल्पिक नेतृत्वको रूपमा निर्वाचित गर्ने विश्वास व्यक्त गर्नुभयो।

बिज्ञापन

उहाँले भन्नुभयो म प्रण गर्छु कि “म आफुलाई भन्दा पनि माथी हाम्रो मातृभुमि स्वदेशको माटोलाई शिरमा सजाउँदै समग्र नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, मानविय र दिगो वातावरण विकासमा निर्वाद रुपमा योगदान पुर्याउन कटिबद्ध हुन्छु ।

शिक्षा स्वास्थ्य रोजगारी पूर्वाधार विकासलाई समावेश गरिएको घोषणापत्रमा वालवालिका, जनजाती, आदिवासी, भिन्न पहिचान भएका व्यक्ति, ज्येष्ठ नागरिक, तेस्रो लिङ्गी र सुकुम्वासीको हक अधिकार सुनिश्चितता गर्न आवाज उठाई प्रभावकारी बनाउने उल्लेख छ ।

जेनजी आन्दोलनको मर्म र मुद्धामा केन्द्रत पत्रमा युवासापेक्षिक र जनसापेक्षिक चाहाना अनुरुप वर्तमानसंविधानमा भएका केही ब्यवस्था तथा धारा संसोधन वा पुनरावलोकन गर्ने दवाव सृजना गर्ने भनिएको छ।

प्रत्यक्ष प्रधानमन्त्री निर्वाचन प्रणाली, प्रदेश संरचना खारेजी, देशमा सुशासन र विधिको शासन कायम गरी भ्रस्टाचार, बेथितिको अन्त्य गरी छिटो छरितो पारदर्शी प्रशासनबारे उल्लेख गरिएको पत्रमा समावेशिमुलक क्षमता अभिवृद्धि, सीपमुलक र आयमुलक कार्यक्रम वृद्धि गर्ने प्रतिबद्धता जनाइएको छ।

समानुपातिकनिर्वाचन प्रणालीमा राजनितिक दलको सहभागिता पुर्णरुपले खारेज गराइ समानुपातिक समावेशी स्वतन्त्र निर्वाचन प्रणालीको व्यवस्थालागू गर्न पहल गर्ने प्रतिबद्धता गरिएको पत्रमा समाजमा विद्यमान जातिय, वर्गिय धर्मकाआधारमा गरिने विभेद,कुरिती र वेथितिलाई जरैदेखि अन्त गर्ने भनिएको छ।

राष्ट्रियता,भौगोलिक अखण्डता र सार्वभौमिकतामा घात हुने असंबैधानिक ब्यवस्था, नीति तथा कानुन र नेपाल प्रथम पक्ष भएका सन्धि सम्झौता पुनरावलोकन, सुधार वा खारेज गर्न नीति निर्माणमा पहल गर्ने र भूराजनितिलाई सन्तुलन कायम गर्ने विषय समावेश गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यादेशबाटै खारेज हुँदैछ कर्मचारी ट्रेड युनियन

एक झड्कामै ११ सयको पद चट,यी नियुक्ति हुँदैछन् एकैपटक खारेज

देशैभरबाट २५ सय बढी शाखा अधिकृतहरु राजधानीमा

नदी करिडोर र सार्वजनिक जग्गामा बनेका संरचना १५ दिनभित्र हटाउन टोखा नगरपालिकाको निर्देशन

राजस्व अनुसन्धान विभाग खारेज भएपछि सीमामा तस्करी बढ्यो : फ्लाइङ स्क्वाड प्रभावहीन

अब निजामती किताबखानाको सम्पूर्ण सेवाहरु अनलाइनबाटै

राजस्व अनुसन्धानको ठूलो एक्सन : पौडेल दम्पतीविरुद्ध करिब ६९ करोडको मुद्दा

उपसचिवविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा दायर,अधिकृत,नासुसहित ८ प्रतिवादी

बिशेष