सिंहदरबारमा आगो लगाउनेलाई धमाधम उन्मुक्ति

भदौ २४ गतेको जेन जी विध्वंशमा सिंहदरबारमा आगजनी गरेको आरोपमा पक्राउ परेकाहरुलाई धमाधम उन्मुक्ति दिने प्रक्रिया अगाडि बढाइएको छ । तिनैमध्येका एक उदाहरण हुन – महेन्द्र गौतम,केही महिना अगाडि मात्र पक्राउ परेका गौतमलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उन्मुक्ति दिने निर्णय गरेको छ ।

बिज्ञापन

गौतम सिंहदरबार जलाएको आरोपमा पाँच महिनापछि अर्थात गत २२ माघमा पक्राउ परेका थिए । चितवन खैरहनी नगरपालिका(९ घर भई काठमाडौं महानगरपालिका २९ अनामनगरका बसोबास गर्दै आएका उनीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप समेत गरिएको थियो । जिल्ला सरकारी वकील कार्यालयले गौतमविरुद्ध मुद्दा चलाउनका लागि प्रमाण नपुगेकाले उक्त निर्णय भएको र सदरका लागि उच्च सरकारी वकील कार्यालय पठाएको हो ।

बिज्ञापन

महान्यायाधिवक्ता कार्यालयले भदौ २३ र २४ गतेको घटनामा संलग्न प्रायः सबैलाई धमाधम हाजिरी जमानीमा छोडिसकेको छ । जसमा सर्वोच्च जलाउन उक्साउनेदेखि प्रहरीको हतियार लुट्नेसम्म छन् । सर्वोच्च जलाउन भीड उक्साउने बारा स्थायी ठेगाना भई अनामनगर बस्ने विष्णु ढुंगेल हाजिरी जमानीमा छुट्ने मुख्य पात्र हुन् । ल क्याम्पसका पूर्वस्ववियु सभापति उनले सर्वोच्च जलाउन उक्साएको भिडियो सार्वजनिक भएको थियो । २९ वर्षीय उनलाई प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याई अनुसन्धान ग¥यो । उनी सरकारी वकिल कार्यालयबाट छुटेसँगै प्रहरीको मिहिनेत ‘बालुवामा पानी’ भएको छ । यता, ‘सर्वोच्च अदालत र सिंहदरबार हामीले जलायौं’ भन्ने ज्योति थापा घताने पनि छुटेका छन् । झापाको भद्रपुर नगरपालिका–१ घर भई काठमाडौंको कलंकी बस्ने उनलाई पनि त्यत्तिकै रिहा गरिएको हो ।

सर्वोच्च अदालत परिसरमा हतियार प्रदर्शन गर्ने र अदालतको कुर्सी चोर्ने व्यक्ति पनि रिहा भइ सकेका छन् ।जस्तै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९, राम्चे घर भएका एलेक्स भन्ने कुमार पराजुली लुटपाट र हातहतियार प्रदर्शनीको अभियोगमा समातिएका थिए । उनलाई पनि महान्यायाधिवक्ताको कार्यालयअन्तर्गत सरकारी वकिले हाजिर जमानीमा छोडेकी छन् । यस्तै,सर्वोच्च अदालत परिसरमा खटिएका प्रहरीको हतियार लुट्ने सुशील श्रेष्ठ उर्फ ब्राउन पनि छुटेका छन् । गौतमझैँ आगजनी, तोडफोड र लुटपाटमा संलग्न अन्य आधा दर्जनलाई उन्मुक्ति दिन लागिएको स्रोतको दावी छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष