प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

रसुवा —फागुन २१ गते हुने संघीय संसद निर्वाचनका लागि एमालेबाट उम्मेदवार बनेका प्रेम तामाङको उम्मेदवारीसँगै रसुवामा युवा पंक्तिमा असन्तुष्टि चुलिएको छ। उम्मेदवारी घोषणापछि जिल्ला तथा पालिका तहका युवा नेताहरूले धमाधम पद तथा पार्टी सदस्यता त्याग गर्न थालेका छन्।

बिज्ञापन

संगठनभित्र दिशाहीनता, जनभावनाको बेवास्ता र नेतृत्व चयन प्रक्रियाप्रति असहमति जनाउँदै युवाहरूले राजीनामा दिएको बताएका छन्। निर्वाचनको मुखैमा देखिएको यो घटनाक्रमले रसुवाको राजनीतिक समीकरणमा तरंग पैदा गरेको छ। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रसुवामा निर्वाचनको मुखैमा नेतृत्व तहबाटै राजीनामाको लहर देखिएको छ। संगठनका जिल्ला सचिव सूर्यमान तामाङले २०८२ फागुन ६ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

बिज्ञापन

तामाङले लामो समयदेखि पार्टीमा सक्रिय रहँदा संगठनभित्र देखिएको अनिश्चित राजनीतिक भविष्य, आन्तरिक राजनीतिक गतिविधि र विचारधारात्मक असन्तुलनका कारण सचिव पदबाट अलग हुने निर्णय लिएको जनाएका छन्। उनले अब उप्रान्त स्वतन्त्र नागरिकका रूपमा आफ्नो पहिचान बनाउने बताएका छन्।

यसैबीच, सोही संगठनका जिल्ला उपाध्यक्ष फुर्पा दिण्डुप थोक्रा (सुरेश) ले पनि पद तथा पार्टी सदस्यता परित्यागको घोषणा गरेका छन्। उनले संगठनभित्र देखिएको दिशाहीनता, जनभावनाप्रति बढ्दो बेवास्ता र मूल्य–मान्यताबाट विचलन भएको आरोप लगाउँदै फागुन ६ गतेदेखि लागू हुने गरी उपाध्यक्ष पद र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सदस्यता (६२५९६९) पूर्ण रूपमा त्यागेको जनाएका छन्। थोक्राले पनि अब स्वतन्त्र नागरिकका रूपमा अघि बढ्ने उल्लेख गरेका छन्।

बिज्ञापन

जिल्ला तहमा मात्र होइन, पालिका तहमा समेत असन्तुष्टि सतहमा आएको छ। नौकुण्ड गाउँपालिका राष्ट्रिय युवा संघ नेपाल पालिका कमिटीका सचिव तथा वडा नं. २ का वडा कमिटी अध्यक्ष युवाक थोक्रा तामाङ (ताराबहादुर तामाङ) ले पनि पदबाट राजीनामा दिएका छन्। त्यस्तै, पार्टी सदस्य तथा राष्ट्रिय युवा संघका कोषाध्यक्ष सोहित घलेले समेत आफ्नो जिम्मेवारी त्यागेका छन्।

रसुवाको नौकुण्ड गाउँपालिका परम्परागत रूपमा एमालेको बलियो आधार क्षेत्र मानिँदै आएको थियो। तर पछिल्लो समय उक्त आधार खस्किँदै गएको संकेत देखिएको छ।  एमालेबाट उम्मेदवार बनेका प्रेम तामाङप्रति असन्तुष्टि बढ्दै जाँदा अधिकांश युवाहरूले संगठन र पार्टीबाट दूरी बनाइरहेको स्रोतको दाबी छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा आएको यो घटनाक्रमले रसुवाको राजनीतिक समीकरणमा नयाँ तरंग पैदा गरेको छ। नेतृत्व तहबाटै भएको सामूहिक राजीनामाले आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने आकलन गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष