४४ वर्षदेखि नेमकिपामा राज, भक्तपुर १ चुनावी गढ : घोषणापत्रमा के छ खास ?

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।

बिज्ञापन

आगामी फागुन २१ को चुनावमा भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढ हो । ४४ वर्षदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्ष रहेका नारायणमान बिजुक्छे (रोहित) गत असोजमा सम्पन्न सातौं महाधिवेशनले पार्टी नेतृत्वमा पुनः पुगेका छन् जो ४४ बर्षदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका छन् ।

बिज्ञापन

२०४८ सालयताका सबै निर्वाचनमा लगातार जित्दै आएको नेमकिपाको गढका रुपमा चर्चित छ भक्तपुर १ । २०४८, २०५१, २०५६, २०६४ र २०७० गरेर पाँच पटक नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यस क्षेत्रमा निरन्तर चुनाव जिते । त्यसपछि २०७४ र २०७९ मा नेमकिपाका सचिव प्रेम सुवालले प्रत्यक्षतर्फ चुनाव जिते । २१ फागुनको निर्वाचनका लागि नेमकिपाले ५९ जिल्लामा उम्मेदवारी दिएको छ । अन्य निर्वाचन क्षेत्रबारे पूर्व अनुमान गर्न नसकिए पनि भक्तपुर–१ मा जित निश्चित जस्तै मानिन्छ ।

सोही पार्टीले चुनावी घोषणापत्रमा भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजाय गर्नुपर्ने प्रस्ताव राखेको छ । घोषणापत्रमा भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी ठूला भ्रष्टाचारीहरूलाई सजाय हुने कानुनी व्यवस्था गरिने प्रतिबद्धता छ । यसका साथै, सरकारी कर्मचारीहरूलाई तलब खुलाउन र ऋणको साँवा व्याज तिर्न पनि ऋण लिने कार्य देशघाती रहेको बताउँदै सशक्त विरोधमा उत्रने प्रतिबद्धता समेत छ ।

बिज्ञापन

यस्तै, जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानुन व्यवस्था खारेज गराउन र बुबाआमा दुवै वंशजको नेपाली नागरिकको छोराछोरीलाई मात्र वंशज नेपाली नागरिक हुने कानुन व्यवस्थाका लागि संघर्ष चालु राखिने भनिएको छ। त्यसैगरी विश्वविद्यालयका कुलपति, रेक्टर, रजिष्ट्रारहरू, संवैधानिक आयोगका पदाधिकारी, सेना र प्रहरीका प्रमुख, न्यायालयका न्यायाधीशहरूको सम्बन्धित क्षेत्रबाट निर्वाचित गराएर नियुक्त गर्न आवाज उठाइने प्रतिवद्धता पनि गरिएको छ।

नेमकिपाले जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गर्ने प्रतिबद्धता पनि जनाएको छ । जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गरिने प्रतिबद्धता पनि छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष बिजुक्छेले प्रतिनिधिसभामा जनताको विषयलाई छलफल गर्ने थलो बनाउन पहल गरिने बताए । कार्यक्रममा उनले राम्रोसँग घोषणापत्र हेरेर मात्रै मत दिन आग्रह पनि गरे ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष