गृहमन्त्रीको ब्ल्याक लिस्टमा सुदन गुरुङ

गृहमन्त्री ओमप्रकाश अर्यालको मोवाइलमा सुदन गुरुङ ‘ब्ल्याक लिस्ट’मा रहेको खुलेको छ ।  २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री बने । जेनजीले आपत्ति जनाउँदा–जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साह निकट मानिएका अर्याल गृहमन्त्री बनेका थिए ।आफैं गृहमन्त्री बन्न कस्सिएका सुदनले ओमप्रकाश अर्याललाई गृहमन्त्रीबाट हटाउनका लागि अनेकन उपायहरु अपनाएका थिए ।  एकपछि अर्को फेसबुक स्टाटस लेख्दै गुरुङले उनको राजीनामा माग्दै सामाजिक सञ्जालमा अभियान नै चलाएका थिए ।तिनै गृहमन्त्री अर्यालसँग अहिले जेनजी आन्दोलनको केन्द्रमा पुगेका सुदन गुरुङको ‘टसल’ बढिरहेको देखिन्छ ।

बिज्ञापन

उनै सुधन गुरुङ गोर्खाबाट क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभाको उमेद्धार बनेका छन् रास्वपाबाट । जेन–जी विद्रोहपछि एकाएक उदाएका सुधन गुरुङले गोरखामा सुरक्षा थ्रेट भयो भनेर सहयोग मागिरहँदा ओमप्रकाश अर्यालले भने सुदनको मोवाइल नम्बर नै ब्ल्याक लिस्टमा राखेको खुलेको छ ।

बिज्ञापन

पूर्व प्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितलाई पक्राउ गराउनदेखि अनेकन जायज नजायज माग राखेर दुख दिन थालेसँगै सुदनको नम्बर नै गृहमन्त्री ओम प्रकाश अर्यालको व्याल्क लिष्टमा रहेको खुलेको हो ।

आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै सुदनले अहिले पिअसओ माग्दै आएका छन् । यद्यपि जिल्ला प्रशासन कार्यालयले गुरुङलाई पीअएओ दिन नसक्ने बताइसकेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका सुदनलाई सुरक्षा थ्रेट बढेको भन्दै रास्वपाको गोरखास्थित जिल्ला समिति सचिव मिलन रानाले पत्र लेख्दै पीअसओसहितका सुरक्षा व्यवस्था माग गरिएको थियो । उनले लेखेको पत्रमा
विभिन्न गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनुहुन अनुरोध गरिएको थियो । तर स्थानीय प्रशासनले निजी सुरक्षा गार्ड दिन अस्वीकार गरेको छ । जिल्ला प्रशासन कार्यालय, गोरखाले तत्काल त्यस्तो अवस्था नरहेको जनाउँदै पिएसओ उपलब्ध गराउन नसकिनेबारे प्रष्ट्याइसकेको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार पिएसओको मागसहित निवेदन परेलगत्तै हिजो जिल्लास्थित सुरक्षा संयन्त्रले आवश्यक अध्ययन गरेका थिए । सोक्रममा गुरुङसहित कसैलाई पनि थ्रेट नभएको निष्कर्ष निकालेको हो । सो सँगै स्थानीय प्रशासनले सुदनलाई पीएसओ दिन नसकिने निष्कर्ष निकालेको थियो । गृहमन्त्रीले आफूलाई ब्ल्याक लिस्टमा राखेपछि सुधनले सुशीला कार्कीलाई गुहारेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

अर्थको सहमति विपरित सहरीले निकासा गर्यो पुर्ननिर्माण कोषको ११ करोड रकम

झण्डै स्वास्थ्यमन्त्री बनेकी डा मिश्राको भ्रष्टाचार मुद्धामा आज पनि सुनुवाइ

गृहमन्त्रीको ब्ल्याक लिस्टमा सुदन गुरुङ

कर्मचारीहरुलाई निर्देशन : सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थागत मर्यादा गर्नु

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

बिशेष