विशेषदेखि सर्वाेच्च अदालतसम्मबाट प्रमाणीत भएको छ कि ती सम्पत्ति भ्रष्टचारबाट आर्जित हुन । गृह मन्त्रालयले पटक पटक त्यस्ता श्रीसम्पत्ति जफत गर्न भनेको छ तर जेनजी सरकारले समेत भ्रष्टचारबाट आर्जित पूर्वमन्त्रीदेखि पूर्व प्रशासकहरुको सम्पत्ति जफत गरेर राज्यमा नाममा ल्याउन चासो देखाएको छैन ।
बिज्ञापन
जिम्मेवारी प्राप्त राज्यका निकायरु निकम्मा बन्दा यस्ता सम्पत्तिमा अझैं कसुरदारकै रजाई चलिरहेको छ । यस अघि नै सरकारले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो । सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा सरकारले जफत गर्नुपर्ने भए पनि यस्ता सम्पत्ति अझैं पनि कसुरदारले भोगचलन गर्दै आएका छन् ।
गृह मन्त्रालयका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुंगाना, मुरारिबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने निर्णय भएको थियो । यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने निर्णय गरेको थियो । जसमध्ये हालैमात्र रामाज्ञा चतुर्वेदीको सम्पत्ति जफत गरेको छ सरकारले ।
यद्यपि अझैं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको सानेपास्थित जग्गा, पूर्वसहसचिव अजितकुमार मिश्रको लाजिम्पाटस्थित घरजग्गा र पूर्वउपसचिव मुरारी कार्कीको सिनामंगलस्थित घरजग्गा सरकारको नाममा आउन सकेको छैन । राजस्व अनुसन्धान विभागका पूर्वउपसचिव कार्कीको नाममा रहेको काठमाडौंको सिनामंगलस्थित १० रोपनी ३ पैसा जग्गा र त्यसमा बनेको साढे तीनतले घर भ्रष्टाचारबाट आर्जन गरेको भन्दै जफत हुने फैसला २ असार ०६९ मै सर्वोच्चले गरेको थियो । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको इजलासले उक्त सम्पत्ति कार्कीले भ्रष्टाचारबाट आर्जन गरेको ठहर गरेको थियो । फैसलाको साढे १२ वर्ष हुँदासम्म उनले फैसला कार्यान्वयन रोकाएर सो घरजग्गा मन्टेस्वरीलाई भाडामा लगाएर आम्दानी गरिरहेका छन् । त्यस्तै, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्वमहानिर्देशक आमोदानन्द मिश्रको लाजिम्पाटस्थित घर जफत हुन सकेको छैन । सो सम्पत्तिमा अझैं पनि कसुरदारले रजाई गर्दै आएका छन् । आठ आना दुई पैसा जग्गामा बनेको घर अझै खाली हुन सकेको छैन । अकुत सम्पत्ति आर्जनको अभियोगमा मिश्रलाई २ फागुन ०७३ मा सर्वोच्चले दोषी ठहर गरेको थियो ।
बिज्ञापन
सरकारले नासुदेखि महानिर्देशकसम्मका सम्पत्ति जफत गरिसकेको भए पनि कांग्रेस नेताहरूको दबाबका कारण खड्का परिवारलाई छुन सकेको थिएन । उक्त घरजग्गा हाल श्रीमती शिला तथा छोरा अनुरागले प्रयोग गर्दै आएका छन् । २० लाख ५६ हजार रूपैयाँबराबरको सम्पत्ति कसरी जफत गर्ने भनेर विगतमा अन्योल थियो । त्यही कारण लिलाम प्रक्रियासमेत अगाडि बढाउन सकस भइरहेको थियो । गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका अनुसार, सो बराबरको रकम कोषमा दाखिला भएसँगै सानेपामा जोडेको बाँकी डेढ रोपनी जग्गा र घर जफत प्रक्रिया अगाडि बढेको बताइए पनि बर्षाै समय भइसक्दा समेत सो सम्पत्तिमा कसुरदारकै रजाइ चलिरहेको छ । । यसअघि सम्पत्ति जफतका लागि क्याबिनेटको निर्णय अनिवार्य थियो तर हालैमात्र यसको तजबिजी अधिकार गृहमन्त्रीलाई दिइएको छ । गृह मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले यससम्बन्धी फाइल बनाएर यसै साताभित्र पठाउने र उक्त सम्पत्ति जफत हुने जनाइएको छ ।
उता, पछिल्लो समय वायुसेवा निगमका पूर्वअध्यक्ष दिवंगत रामाज्ञाप्रसाद चतुर्वेदीको सम्पत्ति हालैमात्र जफत गरेर सरकारको नाममा आएको भए पनि पूर्व सहसचिव,उपसचिवसम्मले भ्रष्टचारबाट आर्जित श्रीसम्पत्ति जफत गरी राज्यको नाममा ल्याउन जेनजी सरकारले चासो नदिएको देखिन्छ । चतुर्वेदीको काठमाडौं महानगरपालिका– ३३, पेप्सिकोलामा रहेको दुई रोपनी ११ आना, मुरारीको सिनामंगलस्थित १० आना तीन पैसा क्षेत्रफलको जग्गा र त्यसमा बनेको घर, आमोदानन्द मिश्रको लाजिम्पाटस्थित आठ आना दुई पैसा जग्गा र त्यसमा बनेको घर, केशरजंग खड्काको काठमाडौं कोटेश्वरमा रहेको दुई रोपनी तीन आना दुई पैसा दुई दाम जग्गा जफत भइसकेको गृहले जनाएको छ । मेची भन्सार कार्यालयका पूर्वप्रमुख केशरजंग खड्का र भन्सारका पूर्वनायब सुब्बा दिवंगत केदारनाथ ढुंगानाको काठमाडौं उपत्यकामा रहेको घरजग्गा जफत भइसकेको छ । त्यस्तै, पूर्वनासु केदारनाथ ढुंगानाको परिवारको नाममा रहेको करोडौँको सम्पत्ति पनि सरकारको नाममा जाने प्रक्रियामा छ । २२ जेठ ०७४ मा सर्वोच्चले उनको ललितपुरस्थित एक रोपनी जग्गा, चितवनको भरतपुरस्थित एक रोपनी जग्गा र त्यसमा बनेको घर तथा ललितपुरमा रहेको घर आंशिक रूपमा जफत हुने फैसला गरेको थियो ।
विभागले सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरस्थित चार रोपनी एक आना जग्गा पनि हालै आफ्नो नाममा ल्याइसकेको छ । खनालको परिवारको नाममा काभ्रेलगायत ठाउँमा रहेको थप जग्गा जफत हुने क्रममा छ । करिब २० वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय हुँदा दायर भएका अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा दोषी ठहर भएकाको सम्पत्ति हालै जफत हुन थालेको हो ।


























