मोहन आचार्यको पौने करोड महिन्द्रा गाडी चढेर उनीसँगै प्रतिष्प्रर्धा गरिरहेका प्रेम तमाङ

अहिले राष्ट्रिय राजनीति नै तरंगित भइरहेको छ रास्वपा वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन साहले चुनाव प्रचारमा प्रयोग गरेको महँगो गाडीको बिषयले । झापाबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिष्प्रर्धामा रहेका र भावी प्रधानमन्त्रीका रुपमा प्रचारित वालेनले चढिरहेको करोडौ मल्य पर्ने गाडी गुट्खा र चाउचाउ ब्यापारी कमलकिशोर मालपानीबाट उपहारस्वरुप लिएको बिषयले चर्चा पाइरहेको छ ।

बिज्ञापन

बालेनले हाँकेको ८ करोड मूल्यको गाडी उनै नितेश मालपानीले उपहारस्वरुप चढाएको सो महंगो गाडी ०८२ असोज २३ गते वीरगन्ज भन्सारबाट छुटाइएको ब्राण्ड न्यु डिफेण्डर गाडी त्रिमूर्ति इण्डष्ट्रिज प्रालिका नाममा दर्ता छ । नबिल बैंक लिमिटेडबाट उक्त गाडी सवारी साधन कर्जा शीर्षकमा लिइएको हो ।

बिज्ञापन

उनै वालेनलाई माथ खुवाउने गरी दल बदलु र छेपारो शैलीका नेताका रुपमा चिनिएका रसुवा एमालेका उमेद्धार प्रेम तमाङले समेत यसैगरी आफ्नो प्रतिष्प्रर्धी उमेद्धारसँग नै आधा करोडभन्दा बढी मूल्य पर्ने गाडी लिएर पाँच बर्षदेखि प्रयोग गरिरहेको खुलेको छ ।

तमाङले नेपाली काँग्रेसका तर्फबाट उमेद्धार रहेका मोहन आचार्यसँग बा २० च १४४० नम्बरको महिन्द्राको गाडी नै लिएको पाइएको हो । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकबाट सवारी साधन कर्जामा निकालिएको सो गाडीको बजार मूल्य झण्डै ७० लाख पर्न बताइएको छ । ७५ साल भदौं १४ गते निकालिएको सो गाडी ७८ साल असोज १२ गते नवीकरण भएकोमा चार बर्षदेखि नवीकरण समेत नभएको भेटिएको छ ।

बिज्ञापन

नेपाली काँग्रेसका तर्फबाट उमेद्धार रहेका मोहन आचार्यसँग लिइएको सोही गाडी प्रयोग गरेर अहिले प्रेम तमाङ चुनावी मैदानमा छन्,उनै मोहनसँग प्रतिष्प्रर्धा गर्न लागिरहेका छन् ।

उसो त प्रेम तमाङलाई ढुलमुले छवि र चरित्रका नेताका रुपमा चिन्छन्,रसुवालीहरुले । अहिले एमालेबाट टिकट हात पारेर मैदानमा होमिएका उनले जीवनमा आजसम्म कहिल्यै सूर्य चिन्हमा मत हालेका छैनन् ।
अहिले राष्ट्रिय राजनीति नै तरंगित भइरहेको छ रास्वपा वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन साहले चुनाव प्रचारमा प्रयोग गरेको महँगो गाडीको बिषयले । झापाबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिष्प्रर्धामा रहेका वालेनलाई गुट्खा र चाउचाउ ब्यापारी कमलकिशोर मालपानीबाट उपहारस्वरुप लिएको बिषयले चर्चा पाइरहेको छ । बालेनले हाँकेको ८ करोड मूल्यको गाडी उनै नितेशले उपहार दिएको प्रमाणित भैसक्यो । ३ महिनाअगाडि ०८२ असोज २३ गते वीरगन्ज भन्सारबाट छुटाइएको ब्राण्ड न्यु डिफेण्डर गाडी त्रिमूर्ति इण्डष्ट्रिज प्रालिका नाममा दर्ता छ । नबिल बैंक लिमिटेडबाट उक्त गाडी सवारी साधन कर्जा शीर्षकमा लिइएको हो । त्रिमूर्ति इण्डष्ट्रिजमा सञ्चालक नितेश मालपानी छन् भने उनका पिता कमलकिशोर मालपानी यशोदा फुड्स ९करेन्ट चाउचाउ० र श्रीराम टोबाको उद्योग ९गुट्खा उत्पादन० का मालिक हुन् ।

उनै वालेनलाई माथ खुवाउने गरी दल बदलु नेताका रुपमा चिनिएका रसुवा एमालेका उमेद्धार प्रेम तमाङले समेत यसैगरी आफ्नो प्रतिष्प्रर्धी उमेद्धारसँग नै आधा करोडभन्दा बढी मूल्य पर्ने गाडी लिएर पाँच बर्षभन्दा बढी समयदेखि प्रयोग गरिरहेको खुलेको छ ।

तमाङले नेपाली काँग्रेसका तर्फबाट उमेद्धार रहेका मोहन आचार्यसँग बा २० च १४४० नम्बरको महिन्द्राको गाडी नै लिएको पाइएको हो । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकबाट निकालिएको सो गाडीको बजार मूल्य झण्डै ७० लाख पर्न बताइएको छ । ७५ साल भदौं १४ गते निकालिएको सो गाडी ७८ साल असोज १२ गते नवीकरण भएकोमा चार बर्षलदेखि नवीकरण समेत नभएको भेटिएको छ ।
नेपाली काँग्रेसका तर्फबाट उमेद्धार रहेका मोहन आचार्यसँग लिइएको सोही गाडी प्रयोग गरेर अहिले प्रेम तमाङ चुनावी मैदानमा छन्,उनै मोहनसँग प्रतिष्प्रर्धा गर्न लागिरहेका छन् ।

उसो त प्रेम तमाङलाई ढुलमुले छवि र चरित्रका नेताका रुपमा चिन्छन्,रसुवालीहरुले । अहिले एमालेबाट टिकट हात पारेर मैदानमा होमिएका उनले जीवनमा आजसम्म कहिल्यै सूर्य चिन्हमा मत हालेका छैनन् ।
कुनै समय राप्रपा,माओवादी,नयाँ शक्ति,काँग्रेस हुँदै दुई वर्षअघि एमाले बनेका हुन । केपी ओलीका विश्वासपात्र विष्णु रिमालका आडमा टिकट र रसुवा पार्टीको नेतृत्वमा स्थापित हुन पुगेका तामाङ २०५१ सालको मध्यावधि निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव प्रचारमा खटिएका थिए । त्यसपछि जनयुद्धमा लागेका उनी ०६४ को पहिलो संविधान सभा निर्वाचनमा माओवादीबाट सभासद चुनिए । ०७० सालमा माओवादीबाटै उठेका उनी पराजित भएका नेता हुन ।

०७४ को चुनावमा बाबुराम भट्टराईको नयाँ शक्तितिर लागे । सो पार्टीबाट बागमती प्रदेशसभा सदस्य जितेका तामाङ कार्यकाल नसकिंदै कांग्रेसी बने । नयाँ शक्तिमा लागेका उनले हाइड्रोको शेयर हालेर हरेक रसुवालीलाई करोडपति बनाउने सपना देखाए र प्रत्येक परिवारसँग १० हजार देखि १ लाखसम्म उठाएर पनि चिल्लाराम बनाएका थिए । यसरी शेयरका नाममा रसुवालीहरुलाई ठगेका उनै तमाङले कालान्तरमा नयाँ हाइड्रो कम्पनी नै खडा गरेको कागजात समेत कर्मचारी प्रेसले हात पारेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष