सरकारको नियमित प्रशासनिक कामकारबाही र आगामी निर्वाचनको तयारीबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजेका लागि बैठक तय गरिएको हो।
बिज्ञापन
बैठकमा समसामयिक प्रशासनिक एजेन्डासँगै निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी रूपमा सम्पन्न गर्ने विषयमा विचार–विमर्श हुने बताइएको छ। साथै, आवश्यक नीतिगत तथा निर्णयात्मक विषयमा पनि टुंगो लगाइने एक मन्त्रीले जानकारी दिएका छन्।
























