राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको राजीनामा स्वीकृत गर्नुभएको छ।
बिज्ञापन
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, राजीनामा स्वीकृत भएपछि यी मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने व्यवस्था गरिएको छ।
प्रवक्ता रितेशकुमार शाक्यका अनुसार, यस निर्णयले मन्त्रालयको कामकाजमा कुनै अवरोध नपर्ने सुनिश्चित गरिएको छ।


























