नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन् ।
बिज्ञापन
उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भए पनि टिकटबाट वञ्चित भएका हुन् । हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि सभापति गगन थापाको हस्ताक्षरमा चुनावको टिकट वितरण भइरहेको छ।
गृहजिल्ला ओखलढुंगाबाट सिफारिस भए पनि सोमबार बिहान बसेको कांग्रेसको संसदीय बोर्डले लुइँटेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। खतिवडा यसअघिको निर्वाचनमा ओखलढुंगाबाट विजयी हुँदै सांसद हुँदै राज्य व्यवस्था सुशासन समितिका सभापति बनेका थिए ।
सोही समयमा संघीय निजामती सेवा विद्येयकमा कुलिङ पिरियडमा चलखेल विवाद सहतमा आएको थियो । सरकारले फागुन २०८० मा संसद्मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कुटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो। तर, समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको थियो ।
बिज्ञापन
जनप्रतिनिधिको सर्वोच्च थलो संसदबाट पारित निजामती कर्मचारी विधेयकमा ‘किर्ते’ गरिएको विषयमा छानबिन गर्न संसदीय समिति नै बनाइएको थियो ।
कुलिङ अफ पिरियडको विधेयकमा भएको चलखेलबारे छानिबिन गर्न गठित संसदीय समितिले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले विधेयक समितिका सदस्यहरूलाई देखाएर छलफल गर्नु पर्नेमा सो नगरी निश्चित ब्यक्तीहरुबीच अनौपचारिक बैठक बसेर प्रतिवेदन प्रतिनिधी सभामा पठाएको खुलासा भएको छ ।
प्रतिवेदन सभापतिको हस्ताक्षरबाट प्रतिनिधि सभामा पेस भएकाले कानुनतः हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले उत्तरदायीपूर्ण भूमिका वहन नगरेको उल्लेख छ। समितिका सचिव सुरजकुमार दुरा सचिवको हैसियतले उपसमिति र समितिको बैठकमा प्रारम्भदेखि नै रहेको र प्रतिवेदन लेख्ने समेत भूमिका रहेको देखिएकाले परिभाषित जिम्मेवारी पुरा नगरेको प्रतिवेदनमा उल्लेख छ।


























