खेलकुद मन्त्रीले बुझाए राजीनामा,सञ्चारमन्त्री छलफलमै

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्।

बिज्ञापन

गत कात्तिक ९ गते मन्त्री नियुक्त भएका गुप्ताले २ महिनामै राजीनामा दिएका हुन । रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा रहेका गुप्ताले आज बिहान मन्त्री पदबाट राजीनामा दिएका हुन्।

बिज्ञापन

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा उनले राजीनामा दिने जानकारी यस अघि  प्रधानमन्त्री सुशीला कार्कीलाई पनि गराइसकेको जनाएका छन् ।

यस्तै सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिने तयारी गरेका छन् । बब्लु र जगदीश दुवैजना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्दैछन् । यसैबीच सञ्चारमन्त्री जगदीश खरेलले समेत राजीनामा दिने तयारी गरिरहेका छन् । खरेलले रास्वपाबाट उम्मेदवारको टिकेट पाए उनी ललितपुर २ बाट चुनाव लड्ने छन् ।

बिज्ञापन

निर्वाचन आयोगले प्रत्यक्ष तर्फको उम्मेदवारीका लागि मङ्गलबारको समय तोकेको छ । यदि रास्वपाबाट उम्मेदवारीका लागि टिकेटको टुङ्गो लागेमा मन्त्री खरेलले ६ गते अगावै पदबाट राजीनामा दिनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष