काँग्रेसमा कलह : गगन थापा अब अन्तरिम सभापति

नेपाली काँग्रेसका अन्तरिम सभापति अब गगन थापा बन्ने भएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विघटन गरेर नयाँ कार्यसमिति चयन गर्ने र सोही कार्यसमितिले महाधिवेशनको प्रस्ताव गर्ने गरी अगाडि बढेको छ ।

बिज्ञापन

 

बिज्ञापन

 विशेष महाधिवेशनको लागि बन्दसत्रको हलले पास गरेको कार्यविधिमा कार्यकाल सकिएको मौजुदा कार्यसमिति भंग गर्ने र १५औँ महाधिवेशन नहुँदासम्मको लागि नयाँ कार्यसमिति निर्वाचनको प्रस्ताव पेश भएको हो । जसलाई विशेष महाधिवशेनको हलले ध्वनीमतले पास गरेको छ ।

पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागू गरिएको हो। पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको यो कार्यविधिले वर्तमान केन्द्रीय कार्यसमितिको विघटन र नयाँ नेतृत्व चयनको वैधानिक बाटो खुला गरेको हो ।

बिज्ञापन

संस्थापन पक्षको असहमतिबिच आह्वान गरिएको कांग्रेसको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षका नेता कार्यकर्ता सहभागी छैनन् । आइतबार भृकुटीमण्डपमा नै उद्घाटनसत्र भएको थियो । त्यहाँ २ हजार ६ सय ६२ प्रतिनिधि सहभागीले नाम दर्ता गराएको दाबी गरिएको छ । कांग्रेसमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसको अन्तरिम केन्द्रीय कार्यसमिति चयन गरिने भएको छ । महाधिवेशनको बन्दसत्रले पारित गरेको कार्यविधिमा नयाँ नेतृत्व चयनदेखि विधान संशोधन समेत गर्न सक्ने व्यवस्था उल्लेख छ । जसमा कांग्रेसको चौधौं महाधिवेशनपश्चात गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समितिको समेत विघटन गरिने छ ।

यो व्यवस्था अनुसार हलको निर्णयका आधारमा महामन्त्री गगन थापा सभापति सहितको केन्द्रीय समिति वैशाखमा हुने नियमित महाधिवेशनसम्मका लागि चयन हुने देखिएको छ । कांग्रेसको नियमित महाधिवेशन आगामी वैशाख अन्तिम सातालाई तोकिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

संकटमा स्वास्थ्य वीमा : बीमा कार्यक्रमबाट बाहिरियो शिक्षण अस्पताल

कर्मचारी राख्न बालुवाटार-थापाथली आसपास गेस्ट हाउस खोज्दै केन्द्रीय बैंक

सुनको मूल्यमा रेकर्ड ब्रेक

काँग्रेसमा कलह : गगन थापा अब अन्तरिम सभापति

पूर्व महानिर्देशकको अकुत आर्जनको मुद्धा चढ्यो पेसीमा

सविता खनालको कृति ‘कायरा’ सार्वजनिक

निशा अधिकारीको संयोजकत्वमा ‘निरामय’ टोली गठन

बिशेष