एक जना राजनीतिक व्यक्ति,कतिसम्म अस्थिर र अवसरवादी हुनसक्छ ? यस्को जर्वजस्त उदाहरण हुन रसुवाका प्रेम तमाङ । उनको दुई दशकको राजनीतिक जीवनमा प्रवेश गर्न बाँकी पार्टी रास्वपा बाहेक अरु छैन । कुनै समय राप्रपा,माओवादी,नयाँ शक्ति,काँग्रेस हुँदै अहिले खाँटी कमरेड भएर नेकपा एमालेमा पुगेका उनै प्रेमलाई रसुवाली एमालेका एकाथरी कमरेडहरु वन साङ्लाले घर साङ्लालाई लखेटेको रुपमा टिप्पणी गर्न थालेका छन् ।
बिज्ञापन
तमाङ एउटा यस्तो उमेद्धार हुन,जस्को पछिल्लो दुई दशकमा प्रत्येक निर्वाचनमा पार्टी फेरिएको छ,चुनाव चिन्ह परिवर्तन भएको छ । हालैमात्र नेकपा एमालेले जिल्ला कमिटीमा चुनावसम्मका लागि जिल्ला संयोजन गर्ने इञ्चार्ज समेत तोकेको छ । प्रेम ०६४ को संविधानसभा निर्वाचनमा रसुवाबाट माओवादी प्रतिनिधिको रूपमा विजयी भएका थिए । त्यसपछि उनी ०७४ सालमा तत्कालीन नयाँ शक्ति पार्टीको तर्फबाट रसुवा क्षेत्र नम्बर १ ख बाट बागमती प्रदेशसभामा विजयी भएका थिए । पछि उनी काँग्रेस बनेका हुन र ८० साल वैशाख ९ मा एमालेमा प्रवेश गरे । रोचक चाहिँ प्रेम जुन पार्टीमा सक्रिय रहे,सोही पार्टी र राजनीतिमा लफडामा पर्दै आएको छ । पछिल्लो समय उनी एमाले पार्टीमा प्रवेश गरेसँगै पार्टीमा आन्तरिक कलह चुलिएको थियो । पार्टीभित्रका जनजाती पृष्टभूमिका नेताहरुलाई एकत्रित गरेर जातीय राजनीति गर्न थालेपछि जनार्दन एकिलदै गएका थिए र उनी अहिले पार्टीमा निस्क्रिय अवस्थामा पुगेका छन् । प्रेमलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालको विशेष पहलकदमीमा एमाले प्रवेश गरेका थिए । पछि उनैलाई पार्टीको केन्द्रीय सदस्य र रसुवा इन्चार्जको जिम्मेवारी दिएका थिए ।
नेकपा एमाले रसुवाले उनै तामाङसहित एमालेका निवर्तमान केन्द्रीय सदस्य तथा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
गत पुस २० गते बसेको जिल्ला कमिटी बैठकले भवानी प्रसाद न्यौपाने,हित बहादुर न्यौपाने,कृष्ण बहादुर तामाङ, माधब अर्याल,टासी फिन्जो तामाङ,प्रेम बहादुर तामाङ,छोवाङ तेन्जिन तामाङ,अशोक कुमार घिमिरे,कर्णेल लामा र तेम्रेल तामाङको दाबी प्रस्तुत गरे पनि सहमति नजुटेपछि बैठकले पार्टी पदाधिकारीलाई उम्मेदवारहरूबीच छलफल गरी प्रेम र अर्यालको नाम सिफारिस गरेको हो ।
प्रेम तामाङ २०६४ सालमा संविधानसभा सदस्य तथा २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै, माधव अर्याल २०५४ सालमा गाविस अध्यक्ष, २०६४ मा संविधानसभा सदस्यको लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार तथा २०७९ सालमा उत्तरगया गाउँपालिकाका अध्यक्षको भूमिकामा रहेका छन् ।
बिज्ञापन
राजनीति आर्दश,मूल्य,मान्यताका आधारमा हुने गर्दछ,जता मल्खु,उतै ढल्कु प्रविृत्तिका व्यक्ति राजनीतिमा लागेर तिनै व्यक्ति नेतृत्व तहमा पुग्दा जनताको भाग्य र भविष्य कस्तो होला ? यो कोणबाट समेत प्रश्न गर्न थालेका छन्,रसुवाका बुद्धिजीविहरु ।


























