सुन तस्करीबारे सीआईबीमा उजुरी दिने सहसचिवलाई नै कारबाहीको सिफारिस

एकातिर भेपमार्फत सुन तस्करी काण्डको बकपत्र दिन अड्डा–अदालत धाउनुपर्ने, अर्काेतिर आफैं सरकारविरुद्ध लड्नुपर्ने ! एक जना सहसचिवले खेपिरहेको भुक्तमान हो यो ।
इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर २०७९ पुस १० मा चीनबाट ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरियो । त्यतिखेर विमानस्थल भन्सार प्रमुख थिए अरुण पोखरेल । उनैको सूचनाका आधारमा यो अनुसन्धान यहाँसम्म आइपुगेको हो ! प्रारम्भिक अनुसन्धानदेखि भेप प्रकरणबारे फाइलिङ गरेर सिआइबी हुँदै अदालतसम्म बयान दिन पुग्ने उनै अहिले अपजसको भारी बोक्ने अवस्थामा पुगेका छन् । विदेशी नागरिक जोडिएको अनुसन्धान आफ्नो एकल ल्याकतले नसक्ने भएसँगै उनले सिआइबीमा पुगेर प्रमाणसहित आफैंले उजुरी दिएका थिए । उनकै उजुरीपछि भेपमार्फत हुने सुन तस्करीको नयाँ रहस्य खुल्यो । कृष्णबहादुर महरासम्मलाई अनुसन्धानमा तानियो । बकपत्रका लागि उनै अरुण अहिले पनि अड्डा अदालत धाइरहेका छन् । पोखरेलले दिएको बकपत्रकै आधारमा नासु रेवन्त खड्काहरू जेल चलान भएका छन् ।

बिज्ञापन

उनी आफैं पनि सरकारसँग भिड्नै पर्ने ठाउँमा आइपुगेका छन् । सरकारले १४ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन गरेको आयोगले सुन तस्करीको सूचना दिने उनै पोखरेललाई समेत कारबाही सिफारिस गरेसँगै आफ्नो मोरल डाउन भएको बताउँछन्, पोखरेल । ७ नम्बर प्रदेशको आर्थिक मामिला सचिव भएका अरुण अहिलेलाई गृहको अतिरिक्त समूहमा थन्क्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सकारात्मक सोच र दूरदर्शी नेतृत्वबिना समृद्धि सम्भव छैन

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

निजामती प्रशासनको मूल्य संकट : सुशासनको आधार कि असफल राज्यको संकेत?

बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

बिशेष