यी ६ कारणले स्थगित भयो उपसचिवको परीक्षा

लोक सेवा आयोगले उपसचिवको परीक्षा स्थगित गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै उपसचिव (अप्राविधिक) को परीक्षा स्थगित गरेको हो ।

बिज्ञापन

निर्वाचन आयोगले उपसचिवको परीक्षा स्थगन गर्नका लागि आधा दर्जन कारण सहित लेखी लोकसेवा आयोगलाई पठाएको थियो । सोही पत्राचारको आधारमा लोकसेवा आयोगले उपसचिव तहको परीक्षा स्थगन गरेको हो ।

बिज्ञापन

लोकसेवा आयोगले बार्षिक कार्यतालिका अनुसार,माघ १० गतेदेखि माघ २८ गतेसम्म उपसचिवको परीक्षा लिने गरी क्लाण्डेर सार्वजनिक गरेको थियो । तर,यही बीचमा राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको निर्वाच हुन लागेका कारण उपसचिवको परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार स्थगित भएको परीक्षा कार्यक्रम १५ दिनको सूचना दिई पछि प्रकाशन गरिनेछ ।

गत पुस १७ गते निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लोक सेवाद्वारा सञ्चालन हुने परीक्षा स्थगितका लागि आग्रह गरेको थियो ।

बिज्ञापन

आयोगले निर्वाचनमा खटिने कर्मचारीहरूको अभाव हुने र तयारी गर्न नभ्याउने कर्मचारीको गुनासोलाई कारण देखाएको छ। साथै परीक्षाको तालिका परिमार्जन गर्न भनेको छ।

निर्वाचन आयोगले उपसचिव परीक्षा सार्नुका ६ कारण दिएको छ । जस अनुसार,निर्वाचन आयोगले माघ पहिलो सातादेखि आचारसंहिता लागू गरेको अवस्थामा ७७ वटै जिल्लाका अधिकृतस्तरका कर्मचारीलाई जिल्ला छोड्न प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने निर्वाचनमा खटाउनुपर्ने भएका कारण प्रमुख जिल्ला अधिकारीबाट अनुमति नपाई परीक्षामा सहभागी हुन नपाउने अवस्था रहेको कारण देखाइएको छ ।

यस्तै,७३ वटा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा शाखा अधिकृत नै कार्यालय प्रमुख रहेको अवस्थामा माघको ६ गतेदेखि प्रत्यक्षतर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको र निर्वाचन सामग्री खरिद कार्यसमेत सुरू भएको हुँदा निर्वाचन सामग्री खरिद मूल्यांकन तथा व्यवस्थापन गर्नुपर्ने हुँदा कार्यालयबाट बिदा लिई लोकसेवा आयोगले लिने परीक्षामा सामेल हुनसक्ने अवस्था नरहेको,

तेस्रो कारणमा १६५ वटा निर्वाचन अधिकृतको कार्यालयमा शाखा अधिकृत वा सो सरहका कर्मचारी खटिने हुँदा जिल्लाका हरेक कार्यालयबाट निर्वाचनमा अनिवार्य रूपमा खटिनु पर्ने अवस्था रहेको,

यस्तै,जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष प्रमुखहरूले १६५ वटा निर्वाचन अधिकृतको कार्यालयको खाता सञ्चालन तथा खरिदका विषयमा पदेन सदस्य भई कार्य गर्नुपर्ने र कोष नियन्त्रकहरू समेत निर्वाचनको कार्यक्रममा पूर्णतया व्यस्त रहने तथा बिदा नपाउने अवस्था रहेको,

पाँचौ कारणमा कानून तथा न्याय समूहका अधिकृतस्तरका कर्मचारीहरू समेत निर्वाचनमा प्रत्यक्ष रूपले खटिनुपर्ने अवस्था रहेको,

र, निर्वाचन आयोगमा कार्यरत २३ जना तथा काजमा खटिन आएका समेत गरी १०० जना भन्दा बढी कर्मचारीहरू दैनिक १२ घण्टाभन्दा बढी आयोगको काममा खटिनुपर्ने अवस्था रहेको कारण उपसचिवको परीक्षा स्थगित गर्न निर्वाचन आयोगले लेखी पठाए अनुसार लोकसेवा आयोगले उपसचिवको परीक्षा स्थगित गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

कागजमा मात्र ९३ प्रतिशत प्रगति,सचिव र डिजीको कार्यसम्पादनबाट मन्त्री रुष्ट

अबदेखि आधा सिलिण्डर मात्रै ग्यास,उपभोक्तावादीको आपत्ति

बिशेष