प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्का तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन्। उनीहरू सरकारी कामकाजभन्दा राजनीतिक गतिविधिमा बढी केन्द्रीत भएको निष्कर्षसहित प्रधानमन्त्रीले राजीनामाको सुझाव दिएको एक मन्त्रीले जानकारी दिएका छन्।

बिज्ञापन

प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेल लाई छुट्टाछुट्टै रूपमा बोलाएर राजीनामा दिन सुझाएको स्रोतको दाबी छ।

बिज्ञापन

स्रोतका अनुसार पछिल्लो समय ती मन्त्रीहरू मन्त्रालयको जिम्मेवारीभन्दा पार्टीगत तथा व्यक्तिगत राजनीतिक गतिविधिमा सक्रिय देखिएको भन्दै प्रधानमन्त्री असन्तुष्ट थिइन्। “सरकारको कार्यसम्पादन कमजोर नहोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिन आग्रह गर्नुभएको हो,” स्रोतले भन्यो।

हालसम्म तीनै जना मन्त्रीले औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि प्रधानमन्त्रीको उक्त कदमलाई आगामी राजनीतिक पुनर्संरचना र मन्त्रिपरिषद् हेरफेरको संकेतका रूपमा हेरिएको छ।

बिज्ञापन

यस विषयमा प्रधानमन्त्रीको सचिवालय तथा सम्बन्धित मन्त्रालयबाट औपचारिक धारणा आउन बाँकी छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष