दुर्गममा दरबन्दी, सिंहदरबारमा काज

बढुवा खानकै लागि दरबन्दी दुर्गममा राख्ने तर शक्तिकेन्द्र लगाएर सुगम त्यसमा पनि शहरी क्षेत्रमा अझैं मालदार अड्डातिर कार्यरत कर्मचारीहरुको बिगबिगी छ,निजामती क्षेत्रमा ।

बिज्ञापन

पहुँचका भरमा दुर्गममा दरबन्दी कायम गरेर सुगम त्यसमा पनि सिंहदरबारमा कार्यरत रहने पहुँवाला कर्मचारीको बोलबोला छ । यस्तो जात्रा खोज्न टाढा कतै जानु पर्दैन,गृह मन्त्रालय मातहतको विपद् व्यवस्थापन प्राधिकरणमा पुगे पुग्छ । यो कार्यालयलाई कर्मचारी थन्काउने अड्डाका रुपमा समेत लिइदैं आएको छ । त्यहाँ दरबन्दी छ ३८ कर्मचारीको तर ५० भन्दा बढी कर्मचारी थन्काइएको छ ।

बिज्ञापन

सिंहदरबार छाड्न नचाहने कर्मचारीहरुले काज मिलाएर प्राधिकरणमा हाजिर गर्दै आएका छन् । अहिले पनि प्राधिकरणको प्रमुखको कुर्सीमा छन् अनिल पोखरेल । त्यहाँ २ जना मात्र सहसचिवको दरबन्दी हो तर त्यहाँ भरतमणि पाण्डे,रामेश्वर मरहठ्ठाहरु कार्यरत छन् । गोगन बहादुर हमाललाई हालैमात्र अध्यागमनबाट ल्याएर त्यही थन्काइएको छ । सोही कार्यलयमा २ जना उपसचिवको दरबन्दी हो तर त्यहाँ उपसचिवहरु प्रकाश अधिकारी,सन्ध्या सिग्देल,गोमादेवी चेम्जोङ्ग,रबिन्द्र आचार्य,राजेन्द्र शर्मा, सुन्दर प्रसाद शर्मा,मोहदत्त भट्ट लगायत कार्यरत छन् । जसमध्ये अधिकांश उपसचिवको दरबन्दी काठमाडौंभन्दा बाहिर दुर्गममा रहेको छ ।

यस्तै उक्त कार्यालयमा ४ जना शाखा अधिकृतको दरबन्दी रहेकोमा ११ जना शामखा अधिकृतहरु थुप्रिएका छन् ।

बिज्ञापन

प्राधिकरणका अनुसार,कार्यकारी प्रमुखको सचिवालयमा शाखा अधिकृत बासुदेव खनाल,गंगा सुवेदी भट्टराई,प्रभा अर्याल,खेमराज पौडेल,दिपक पाण्डेय,विजयराज पौडेल,प्रमेश शिवा,भरतराज पाण्डेय,ममता कुमारी ओझा,विष्णु प्रसाद आचार्य,उर्मिला अधिकारी लगायतका कार्यरत रहेका छन् ।

दुर्गममा सेवा गरे वापत बढुवाका लागि बढी अंक प्राप्त हुने प्रावधान रहेको कारण दुगर्ममा दरबन्दी राखेर सुगममा काम गर्न कर्मचारीहरुको बोलबोला बढ्दै गएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

गृहको कप्र प्रमुखमा पन्थी, सिराहाको सीडीयो मन्त्रालय तानिए

बिशेष