दुर्गममा दरबन्दी, सिंहदरबारमा काज

बढुवा खानकै लागि दरबन्दी दुर्गममा राख्ने तर शक्तिकेन्द्र लगाएर सुगम त्यसमा पनि शहरी क्षेत्रमा अझैं मालदार अड्डातिर कार्यरत कर्मचारीहरुको बिगबिगी छ,निजामती क्षेत्रमा ।

बिज्ञापन

पहुँचका भरमा दुर्गममा दरबन्दी कायम गरेर सुगम त्यसमा पनि सिंहदरबारमा कार्यरत रहने पहुँवाला कर्मचारीको बोलबोला छ । यस्तो जात्रा खोज्न टाढा कतै जानु पर्दैन,गृह मन्त्रालय मातहतको विपद् व्यवस्थापन प्राधिकरणमा पुगे पुग्छ । यो कार्यालयलाई कर्मचारी थन्काउने अड्डाका रुपमा समेत लिइदैं आएको छ । त्यहाँ दरबन्दी छ ३८ कर्मचारीको तर ५० भन्दा बढी कर्मचारी थन्काइएको छ ।

बिज्ञापन

सिंहदरबार छाड्न नचाहने कर्मचारीहरुले काज मिलाएर प्राधिकरणमा हाजिर गर्दै आएका छन् । अहिले पनि प्राधिकरणको प्रमुखको कुर्सीमा छन् अनिल पोखरेल । त्यहाँ २ जना मात्र सहसचिवको दरबन्दी हो तर त्यहाँ भरतमणि पाण्डे,रामेश्वर मरहठ्ठाहरु कार्यरत छन् । गोगन बहादुर हमाललाई हालैमात्र अध्यागमनबाट ल्याएर त्यही थन्काइएको छ । सोही कार्यलयमा २ जना उपसचिवको दरबन्दी हो तर त्यहाँ उपसचिवहरु प्रकाश अधिकारी,सन्ध्या सिग्देल,गोमादेवी चेम्जोङ्ग,रबिन्द्र आचार्य,राजेन्द्र शर्मा, सुन्दर प्रसाद शर्मा,मोहदत्त भट्ट लगायत कार्यरत छन् । जसमध्ये अधिकांश उपसचिवको दरबन्दी काठमाडौंभन्दा बाहिर दुर्गममा रहेको छ ।

यस्तै उक्त कार्यालयमा ४ जना शाखा अधिकृतको दरबन्दी रहेकोमा ११ जना शामखा अधिकृतहरु थुप्रिएका छन् ।

बिज्ञापन

प्राधिकरणका अनुसार,कार्यकारी प्रमुखको सचिवालयमा शाखा अधिकृत बासुदेव खनाल,गंगा सुवेदी भट्टराई,प्रभा अर्याल,खेमराज पौडेल,दिपक पाण्डेय,विजयराज पौडेल,प्रमेश शिवा,भरतराज पाण्डेय,ममता कुमारी ओझा,विष्णु प्रसाद आचार्य,उर्मिला अधिकारी लगायतका कार्यरत रहेका छन् ।

दुर्गममा सेवा गरे वापत बढुवाका लागि बढी अंक प्राप्त हुने प्रावधान रहेको कारण दुगर्ममा दरबन्दी राखेर सुगममा काम गर्न कर्मचारीहरुको बोलबोला बढ्दै गएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विद्येयकको दफा ४३ हटाउन ‘स्वार्थ समूह’को चलखेल : १५ असार अगाडि प्रस्तुत हुनेछैन प्रतिनिधि सभामा

संघीय निजामती सेवा विधेयक तुरुन्त जारी गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठनको अपिल

सिडियोले सच्चिने प्रतिवद्धता जनाएपछि ‘व्याक’ भए कर्मचारी

नियम विपरित काज सरुवा सामान्यले बदर गर्ने,विभागीय प्रमुख पदस्थापन गर्दा मन्त्रालयको सहमति अनिवार्य

उच्चस्तरीय सुशासन आयोग गठन भएको महिना दिन पछि डाकियो पहिलो बैठक

धुन्चेको ब्रावलमा चीनबाट आएकाे कन्टेनर दुर्घटना, स्वास्थ्य सामग्री रहेको खुलासा

सप्तरीमा दरबन्दी राखेर बर्ष दिनदेखि काजमा लुम्बिनीमै रमाइरहेका एक चिकित्सक

उसको सपना

बिशेष