प्रधानाध्यापकले कुटे विद्यार्थी

फेसबुकमा कमेन्ट गरेको निहुँमा झापामा विद्यार्थीमाथि कुटपिट भएकाे छ।झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले आफ्नै एक जना छात्रालाई कुटपिट गरेका हुन्।

बिज्ञापन

कमल-५ राधाकृष्ण टोल निवासी सो विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई प्रअ बगालेले कुटपिट गरेका हुन्।कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल बनेको छ।

बिज्ञापन

सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि गाउँपालिका प्रमुख, प्रधानाध्यापक बगाले, व्यवस्थापन समिति अध्यक्ष, बाल संगठनका प्रतिनिधिसहित बसेर घटनाबारे छलफल भएको पालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए ।

‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्ट्याटस थियो । त्यसमा मैले थोरै भएन र ? भनेर कमेन्ट गरेकी थिएँ,’ भिडियोमा निर्जलाले भनेकी छन्, ‘त्यतिको आधारमा मंगलबार अफिसमा बोलाएर हेडसरले खानेपानीको नालाले खुट्टामा हान्नुभयो।’

बिज्ञापन

प्रअ बगालेले ती विद्यार्थीलाई कुटपिट गरी अब उप्राप्त यस्ता कार्य नगर्न सचेत गराउँदै परिवारलाई कागज गराई जिम्मा लगाएका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

National Security Council reviews India-Pakistan latest developments

कासमूको सक्कल पठाइदिन सामान्यको परिपत्र

बिशेष