प्रधानाध्यापकले कुटे विद्यार्थी

फेसबुकमा कमेन्ट गरेको निहुँमा झापामा विद्यार्थीमाथि कुटपिट भएकाे छ।झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले आफ्नै एक जना छात्रालाई कुटपिट गरेका हुन्।

बिज्ञापन

कमल-५ राधाकृष्ण टोल निवासी सो विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई प्रअ बगालेले कुटपिट गरेका हुन्।कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल बनेको छ।

बिज्ञापन

सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि गाउँपालिका प्रमुख, प्रधानाध्यापक बगाले, व्यवस्थापन समिति अध्यक्ष, बाल संगठनका प्रतिनिधिसहित बसेर घटनाबारे छलफल भएको पालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए ।

‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्ट्याटस थियो । त्यसमा मैले थोरै भएन र ? भनेर कमेन्ट गरेकी थिएँ,’ भिडियोमा निर्जलाले भनेकी छन्, ‘त्यतिको आधारमा मंगलबार अफिसमा बोलाएर हेडसरले खानेपानीको नालाले खुट्टामा हान्नुभयो।’

बिज्ञापन

प्रअ बगालेले ती विद्यार्थीलाई कुटपिट गरी अब उप्राप्त यस्ता कार्य नगर्न सचेत गराउँदै परिवारलाई कागज गराई जिम्मा लगाएका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष