गण्डकी लोकसेवाले माग्यो स्थानीय सेवा चौथो तहमा २६८ कर्मचारी

प्रदेश लोक सेवा आयोग, गण्डकीले स्थानीय तहका लागि  २६८ कर्मचारी माग गरेको छ। आयोगले प्राविधिक र अप्राविधिकतर्फका चौथौं तहका लागि दरखास्त आह्वान गरेको हो ।
जस अनुसार,प्राविधिकतर्फ १८२ कर्मचारी माग गरेको छ । आयोगले असिस्टेन्ट सब–इन्जिनियरमा १८, खानेपानी तथा सरसफाइ टेक्निसियन, अमिन, नायब प्राविधिक सहायक (कृषि), नायब पशु सेवा तथा पशु स्वास्थ्य प्राविधिक, अहेव, अनमी लगायतका पदहरू समावेश छन्। यी पदहरूमा खुला, महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, अपाङ्ग तथा खस आर्य समूहअनुसार पद संख्या छुट्याइएको छ। जसमा सबैभन्दा धेरै खुलातर्फ अनमी ३५ र असिसटेन्ट सब इन्जिनियर १८ माग गरेका छ ।

बिज्ञापन

यस्तै प्राविधितर्फका प्रशासन सहायक, लेखा सहायक तथा सहायक विविध निरीक्षक पदहरूमा ८६ कर्मचारी माग गरिएको छ। यी पदहरू पनि समावेशी सिद्धान्तअनुसार विभिन्न समूहमा बाँडफाँट गरिएको आयोगले जनाएको छ।
आयोगले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम चौथो तहका प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वान गर्दै विज्ञापन प्रकाशित गरेको हो।
बुधबार प्रकाशित सूचनाअनुसार स्थानीय तहबाट माग भई आएका रिक्त पदहरूमा आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी समूहअन्तर्गत पदपूर्ति प्रक्रिया अगाडि बढाइएको सूचनामा उल्लेख छ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष